सहकारी संस्थाहरूलाई राहत: दर्ता अभिलेखीकरणको समय पुनः थप

सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता अभिलेखीकरण गर्ने समय सीमा २०८२ चैत १७ गतेसम्म थप गरेको छ। विवरण प्रविष्टि गर्न बाँकी रहेका सबै संस्थाहरूलाइ अवसर

२०८२-११-११
 0  51
सहकारी संस्थाहरूलाई राहत: दर्ता अभिलेखीकरणको समय पुनः थप

सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने समय सीमा पुनः थप गरेको छ। सहकारी ऐन, २०७४ को दफा ७३ (क) बमोजिम सुरु गरिएको यो प्रक्रियामा प्राविधिक चाप र विवरण प्रविष्टिको चापलाई मध्यनजर गर्दै प्राधिकरणले २०८२ चैत १७ गतेसम्मको नयाँ म्याद तोकेको हो। यसअघि थपिएको समय सीमा फागुन ११ गते सकिन लागेको अवस्थामा अझै धेरै संस्थाहरूको विवरण प्रणालीमा आउन बाँकी देखिएकाले 'दर्ता अभिलेखीकरण (तेस्रो संशोधन) मापदण्ड, २०८२' बमोजिम यो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow