यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
लेखक परिचय : विर्तामोड–४, झापा निवासी पर्वतराज चिमरिया विगत १२ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील हुनुहुन्छ। हाल उहाँ आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ। सहकारी व्यवस्थापन, तालिम, विकास तथा दस्तावेजीकरणमा उहाँको विशेष दक्षता छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर (MBS) र काठमाण्डौ विश्वविद्यालयबाट तालिम तथा विकास (MTD) विषयमा स्नातकोत्तर गर्नुभएको छ।
सहकारी संस्था समस्यामा परेका सदस्यका लागि पुनःतालिकिकरण, सहकार्य र सकारात्मक संव...