समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

सहकारीपानामा विज्ञापन गर्नुहोस्

सहकारीपाना डट कममा विज्ञापन दिनुहोस् !

सहकारी क्षेत्रको सत्य, तथ्य र विश्लेषणमा समर्पित sahakaripana.com नेपालकै अग्रणी सहकारी समाचार पोर्टल हो। हामी सहकारी आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ पारदर्शी, निष्पक्ष र अनुसन्धानमुखी समाचार सम्प्रेषणमा विश्वास गर्छौं।

यदि तपाईं आफ्नो व्यवसाय, सेवा वा उत्पादनलाई लक्षित पाठकहरूसम्म पुर्‍याउन चाहनुहुन्छ भने, sahakaripana.com तपाईंको लागि उपयुक्त माध्यम हुन सक्छ।

हामीसँग विज्ञापन किन गर्ने?

  • सहकारी, वित्तीय र ग्रामीण विकासप्रति चासो राख्ने हजारौं नियमित पाठक

  • सामाजिक सञ्जालमा सक्रिय र विश्वासिलो उपस्थिति

  • नेपाली भाषामा विश्वसनीय र प्रमाणित समाचारको स्रोत

  • लक्षित ग्राहक समूहमा उच्च पहुँच

  • पारदर्शी विज्ञापन प्रक्रिया

विज्ञापन दिन चाहनुहुन्छ?
कृपया हामीलाई info@sahakaripana.com मा सम्पर्क गर्नुहोस्।


विज्ञापन नीति (Advertisement Policy)

१. सहकारी र सहकारीसँग सम्बन्धित कुनै पनि संघ/ संस्थाबाट हामी विज्ञापन लिंदैनौं।
सहकारी संघ/संस्थाबाट विज्ञापन लिनु हाम्रो सहकारी सम्बन्धि निष्पक्ष र स्वतन्त्र पत्रकारितामा द्वन्द्वको स्थिति सिर्जना गर्न सक्छ। त्यसैले, निष्पक्षता कायम राख्न हामीले सहकारी र सहकारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित कुनै पनि संघ/संस्थाको विज्ञापन नलिने नीतिगत निर्णय गरेका छौं।

२. नेपाल सरकारद्वारा तोकिएको कानुनी मापदण्ड अनुसार मात्र विज्ञापन प्रकाशन गरिनेछ।
अश्लील, भ्रमपूर्ण, हिंसा उक्साउने, नशा सम्बन्धी, वा कुनै जाति, धर्म, वर्ग, लिङ्ग वा क्षेत्रविरुद्ध घृणा फैलाउने सामग्री स्वीकार गरिने छैन।

३. विज्ञापन सामग्रीको सम्पूर्ण जिम्मेवारी विज्ञापनदाताको हुनेछ।
sahakaripana.com केवल प्लेटफर्मको रूपमा कार्य गर्नेछ।

४. हामी हरेक विज्ञापनलाई सम्पादकीय अधिकार अन्तर्गत समीक्षा गर्न सक्नेछौं।
यदि कुनै विज्ञापनले हाम्रो सम्पादकीय नीतिसँग मेल खाँदैन भने हामी त्यो विज्ञापन अस्वीकार गर्न सक्छौं।


सहकारी चेतनाको साथ व्यवसायिक सफलताको यात्रा सुरु गरौं।
sahakaripana.com सँग विज्ञापन गरेर फरक अनुभूति लिनुहोस्।
कृपया हामीलाई info@sahakaripana.com मा सम्पर्क गर्नुहोस्।