समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

हाम्रो बारेमा

प्रकाशकिय : हामी किन आयौं ? 

सहकारी क्षेत्रका विषयलाई संचारमाध्यमबाट आम सर्वसाधारणसम्म पुर्याउने उद्देश्य सहित ‘सहकारी पाना’ डिजिटल वेव पत्रिकाका रुपमा हामी यहाँहरु समक्ष उपस्थित भएका छौं । सहकारी सम्बन्धी सूचना, जानकारी, समाचार तथा विचारलगायतका उपयोगी जानकारीहरु एउटै क्लिकबाट उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हो ।

आर्थिक सर्वेक्षण–२०७९ अनुसार नेपालमा नेपालमा सहकारी संघसंस्थाको संख्या ३१ हजार ३७३ पुगेको छ । यी संस्थाहरुमा आवद्ध ७३ लाख ८१ हजार २१८ जना सर्वसाधारणको ९४ अर्व १५ करोड रुपैयाँ शेयर पुँजी, ४ खर्ब ७८ अर्ब ३ करोड बचत छ । यस्तै सहकारीबाट ४ खर्ब २४ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी भएको छ । सहकारी क्षेत्रबाट ९३ हजार ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्थतन्त्रमा सहकारी क्षेत्रको वास्तविक योगदानबारे औपचारिक अध्ययन नभएपनि सहकारीबाट ५ लाखले अप्रत्यक्ष रोजगारी पाएको, कुल ग्राहस्थ उत्पादन (जिडीपी) मा ५ प्रतिशत तथा वित्तिय पहुँचमा २० प्रतिशत योगदान गरेको अनुमान छ । 

गरिव किसानलाई मलविउँ दिनका लागि सरकारी पहलमा सुरु सहकारी अभियानले यतिबेला बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, उपभोक्ता, स्वास्थ्यलगायतका क्षेत्रमा आफ्नो दरिलो उपस्थिती बनाइसकेको छ । बैंकको पहुँचमा पुग्न नसकेका वर्गलाई आधुनिक प्रविधियुक्त वित्तीय वित्तीय सेवादेखि, कृषिमा व्यवसायीकरण, सुपथ मूल्यमा दैनिक उपभोग्य सामान बिक्री वितरणलगतयका काममा सहकारीहरु क्रियाशिल छन् । 

सहकारीहरुको संख्यात्मक विकाससँगै गुणात्मक विकासको अवस्था भने कमजोर छ । कतिपय संस्थाहरुमा आर्थिक अनियमिता भएको र सदस्यको बचत जोखिममा परेको विषय पनि हामीबिच छर्लङ छन् । यो अवस्थाको एउटा कारण कमजोर सहकारी शिक्षाको पनि हो । 

संविधानले अर्थतन्त्रको एक स्तम्भका रुपमा स्वीकार गरेको सहकारी क्षेत्रको ब्यापकता भएपनि संचारमाध्यममा सहकारी क्षेत्रको प्राथमिकता भने अझै कमजोर छ । मुलधारका पत्रिका, टेलिभिजन, रेडियो र अनलाईनमा सहकारीका समाचारले खासै प्राथमिकता पाएको पाइदैन । जसको कारण सहकारी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान अझै ओझेलमा नै छ । 

यो अवस्थामा सहकारी क्षेत्रका विषयलाई संचारमाध्यमबाट आम सर्वसाधारणसम्म पुर्याउने उद्देश्य सहित ‘सहकारी पाना’ डिजिटल वेव पत्रिकाका रुपमा हामी यहाँहरु समक्ष उपस्थित भएका छौं । सहकारी सम्बन्धी सूचना, जानकारी, समाचार तथा विचारलगायतका उपयोगी जानकारीहरु एउटै क्लिकबाट उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हो । 

प्रविधिको विकास र विस्तारसँगै उदाएको अनलाइन पत्रकारीतालाई जिम्मेवार र मर्यादित बनाउँदै हामी आम पाठकमाझ सत्य र निष्पक्ष रुपमा सामाग्रीहरु प्रस्तुत गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं । हाम्रो प्रयासमा सबै सरोकारवाला निकाय र पाठकको साथ, सहयोग र शुभेच्छा रहन्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो यो प्रयासमा हातेमालो गर्न सम्पूर्णमा हार्दीक अनुरोध गर्दछौं । 


लक्ष्मी श्रेष्ठ, अध्यक्ष
थ्री सिक्टी मिडीया प्राली.