शिवशिखर र तुलसी सहकारीलाई थप कारोबार नगर्न समितिको निर्देशन

सहकारी पाना । सहकारी ब्यवस्थापन समितिले शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीलाई कुनै कारोबार नगर्न निर्देशन दिएको छ...

२०८०-०६-१५
 0  46
शिवशिखर र तुलसी सहकारीलाई थप कारोबार नगर्न समितिको निर्देशन

सहकारी पाना सहकारी ब्यवस्थापन समितिले शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीलाई कुनै कारोबार नगर्न निर्देशन दिएको छ । सरकारले समस्याग्रस्त घोषणा गरी सम्पती तथा दायित्व व्यवस्थापनको जिम्मा समितिलाई दिएसँगै समितिले सूचना जारी गरी थप कारोबार नगर्न र कागजपत्र बुझाउन भनेको हो । 

सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ २५ गते दुबै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य गर्न समितिलाई जिम्मेवारी तोकेको छ । 

समस्याग्रस्त घोषणा भई समितिको जिम्मेवारीमा आएपछि संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने समितिले जनाएको छ । 

समितिले संचालक तथा कर्मचारीले सो सहकारीसंग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तीहरु यस समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोवार नगर्न र संचालक र कर्मचारी समितिमा उपस्थित भै आवश्यक सहयोग गर्नु भनेको छ । 

यस्तै ऋणी सदस्यहरुलाई पनि समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न तथा साविक संचालक/कर्मचारीसंग भुक्तानी सम्वन्धि कारोवार नगर्न अनुरोध गरेको छ । यस्तै वचत कर्ताहरुले वचतसंग सम्वन्धित सम्पुर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदाबी निवेदन आवेदनको सूचना जारी भएपछी यस समितिसमक्ष निवेदन पेश गर्न आग्रह गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता