सहकारीको उद्योगबाट बार्षिक ५ लाख केजी चिया

२०८०-०६-२२
 0  36
सहकारीको उद्योगबाट बार्षिक ५ लाख केजी चिया
काठमाडौं । सरकारी अनुदानमा स्थापना भएको झापाको एक सहकारी चिया उद्योगले वार्षिक ५ लाख केजी चिया उत्पादन गर्न थालेको छ । झापाको गाउँपालिका–२ स्थित श्री पाराखोपी साना किसान चिया सहकारीले २०७५ सालमा नेपाल सरकारको ५० प्रतिशत अनुदान रकम तथा संस्थाको ५० प्रतिशत लगानीमा उद्योग स्थापना गररेको हो । 
उद्योगबाट हरियो पत्ती प्रशोधन गरी सिटीसी चिया उत्पादन गर्दै आएको संस्थाका सचिव पवत डाँगीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा संस्थाले ५ लाख केजी चिया उत्पादन गरेको थियो । 
सहकारीमा आबद्ध ५० जना चिया कृषकले हाल २०० बिघामा चियाखेती गर्दै आएको डाँगीले बताए । संस्थाले १२ करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गरेपछि किसानको आम्दानी बृद्धि भएको छ । 
चिया कृषकले प्रतिबिघा रू. ६० हजारदेखि ६५ हजारसम्म आम्दानी गरिरहेको जानकारी संस्थाले जनाएको छ । सहकारीले उद्योग स्थापना गरेपछि चिया किसानहरुले हरियो चियापत्तिको पनि उचित मूल्य पाउन थालेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता