सहकारी दर्तासँगै शाखा विस्तारमा पनि रोक्न कार्यदलको सुझाव

सहकारी पाना। अब कुनै  नयाँ सहकारी दर्ता नहुने अहिले बजारमा आएको चर्चाले यो सँग सम्वन्धीत निकायहरु सोचिय अवस्थामा देखिन्छन...

२०८०-०५-२८
 0  28
 सहकारी दर्तासँगै शाखा विस्तारमा पनि रोक्न कार्यदलको सुझाव

सहकारी पाना। अब कुनै  नयाँ सहकारी दर्ता नहुने अहिले बजारमा आएको चर्चाले यो सँग सम्वन्धीत निकायहरु सोचिय अवस्थामा देखिन्छन । यसै क्रममा सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले पनि नयाँ सहकारीको दर्ता तथा भएका सकारीको शाखा विस्तारमा रोक लगाउनु पर्ने रायलाई अगाडि सारेको छ । 

उक्त योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा बनेको ‘सहकारी क्षेत्र सुधार कार्यदल’ले सो सुझाव दिएको हो, र कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारीमा रहेको छ ।

कार्यदलले नयाँ सहकारी दर्ता रोक्नु पर्ने तथा कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीन भनेर तीन थरी सुझाव तयार पारेको कुरा कार्यदलका सदस्य तथा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकणर्मी दुवाडीले बताउँनु भएको छ ।

अहिले सहकारीको संख्या धेरै छ । स्वनियमनमा सहकारीहरु दर्ता भएर सञ्चालन भएको छैन भन्ने कार्यदलको निश्कर्ष छ । कार्यदलले तत्कालका लागि नयाँ सहकारी दर्ता बन्द गरेर, भएका सहकारीको क्षेत्र तथा शाखा विस्तारलाई स्थगित गर्नु पर्ने सुझाव दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow