समाजवाद उन्मुख अर्थतन्त्रमा सहकारीको भूमिका -देवेन्द्र पौडेल

सहकारी पाना । नेपाली समाजको अवस्था पटक पटक भएका क्रान्ति र परिर्वतनबाट प्राप्त उपलब्धी हासिल गर्न समाज रुपान्तरणको ठूलो चुनौति हामीमाँझ विद्यामान भएको अवस्थामा सहकारी एक मेरुदण्ड बन्न सक्छ...

२०८०-०५-३०
 0  153
समाजवाद उन्मुख अर्थतन्त्रमा सहकारीको भूमिका -देवेन्द्र पौडेल

-देवेन्द्र पौडेल
सहकारी पाना । नेपाली समाजको अवस्था पटक पटक भएका क्रान्ति र परिर्वतनबाट प्राप्त उपलब्धी हासिल गर्न समाज रुपान्तरणको ठूलो चुनौति हामीमाँझ विद्यामान भएको अवस्थामा सहकारी एक मेरुदण्ड बन्न सक्छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, बाह्य सम्वन्ध, बिभिन्न समयका ब्यापारीक सन्धी सम्झौता, आयत र निर्यात, प्रविधिसाँथै खुल्ला बजार अर्थनीतिले सहकारी क्षेत्र पनि अछुतो रहन सकेन । 


निर्यात प्रवधन आयत प्रतिस्थापन र रोजगारी सिर्जना लगायत क्षेत्रमा गतिशिल भूमिका स्थापित गर्न गाँउ बस्ती सहकारी एक अपरिहार्य शक्ति सिर्जना भएको छ । सहकारी मार्फत छरिएर रहेका पुँजि एकिकृत गर्दै अर्थतन्त्रमा जनताको सहभागिता बृद्धि गर्ने काममा सहकारी एउटा आधार भएको छ । उत्पादन र वितरणमा विचौलियाको प्रभाव अन्त्य गर्न आर्थिक गतिविधिमा समुदाय र समाजको हिस्सा बढाउँदै जान सहकारी एउटा मार्ग पनि हो । पुजिपतिको आर्थिक विकासमा मात्र टेवा पुह्याउँन आर्थिक विसमता बढ्दै गए न्यायोचित वितरण प्रणाली हुदैन । त्यसैले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गर्न सकिदैन । “कोही भोकै पदैन, कोही भोकले मर्दैन” भन्ने विचार नारामा मात्र सिमित हँुदै जाने छ । 

सवल र आत्मनिर्भर अर्थतन्त्रको विकासमा राष्ट्रियताको सत्ता शुदृढिकरण, संविधानले कल्पना गरेको दिगो शान्ति, शुसासन विकास  र समृद्धि समाजवाद, उन्मुख अर्थतन्त्रको परिचालन सहकारी मार्फत मात्र सम्भव भएको उदाहरण जापानले देखाएको छ । त्यसैले सामाजिक आय र सम्पत्तिको पुर्नबिवरण मार्फत लोककल्याणकारी समाज स्थापना गर्ने सहकारीको अझ वढी अवश्यकता बढ्दै गएको छ । 

जलवायु मैत्री उत्पादन, स्वच्छ ब्यापार प्रणाली, मुनाफाको मुख्य हिस्सा उत्पादकलाई प्राप्त हुने ब्यवस्थाको सुनिश्चितता सहकारीले मात्र गर्न सक्छ । जुन विश्व सहकारी आन्दोलनले प्रमाणित गरेको छ । समाजमा रहेको सामाजिक शोषण, समान कामको समान ज्यालाको ब्यवस्था सुनिश्चित गर्ने, पुरुष, महिला तथा फरक क्षमता भएका सामाजिक संरचना एक साँथ उपयोग गरिनुपर्छ । समूहिक कृर्षि प्रणाली,प्राङ्गरिक उत्पादन विश्व मानव प्रकृति अभियानको चरणमा हामी छौ । त्यसैले अव सहकारी सञ्चालन यस्तै सामाजिक र उत्पादन मुखी कार्यमा आगाडि लौजानु पर्दछ ।


मानव जातिले खानाको लागि प्रयोग गर्ने दालभात,तरकारी, रोटी,माछा मासु, फलपूल तथा दुधआदि सबै वातवरणमैत्री, समाजमैत्री बनाउँन प्रयत्न गर्नुपर्छ । मानव स्वास्थ्य र प्रकृती मैत्री बनाउँन प्रयत्न गर्नुपर्छ । उत्पादन प्रणालीमा सहकारीले चेतनामूलक उत्पादन र बजारिकरण जोडेर सदस्य चेतना अभिवृद्धि गरी गर्जो टार्ने हैन,जीविका पार्जन गर्न सक्ने उपाय अपनाई कृषि औजार मार्फत उत्पादन लागत कम गर्ने अभियान सञ्चालन गर्न सके मात्र सम्वृद्धि सम्भव छ । देशको ठूूलो धनरासी विदेश जाने रासायनिक मल विसादीआदी घटाउँदै सहकारी मार्फत वातवरणमैत्री खेती प्रणाली अपनाएर जोगाउँन सकिन्छ । जस्तै : भारतको सिक्किमले अपनाएको प्रणालीले उत्पादनमा ह्रास आएको छैन । जसवाट युवा विदेश पलाएन कम गर्न सक्ने वातवरण सृजन।  गर्न सकेको पाईन्छ । एक पालिका एक उत्पादन उक्त उत्पादनको बजारिकरणको सुरक्षा भएमात्र सहकारी मार्फत समाजबाद  उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।

उपरोक्त उदाहरणले अव सहकारी मार्फत उत्पादनसँग जोडिएर अगाडि बढ्न आवश्क छ । उक्त कार्यका लागि तीन वटै तहका सरकार समेत जागरुक र क्रियाशिल भै अभियानमा लाग्न आवश्यक छ । तव मात्र हाम्रो संविधानले स्वीकार गरेको तीन खम्वे अर्थनीति चलाएमान हुन सक्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow