सहकारी नियमन प्राधिकरणको निर्देशन : आइतवार सहकारी विदा गर्न आग्रह
राष्ट्रिय सहकारी नियमन प्राधिकरण ले देशभरका सहकारी संस्थालाई नेपाल सरकारको नयाँ कार्यालय समयअनुसार आइतवार सार्वजनिक बिदा कायम गर्न निर्देशन दिएको छ। पुरानै समयअनुसार कार्यालय सञ्चालन भइरहेको गुनासो आएपछि प्राधिकरणले २०८२ चैत्र २२ गतेको राजपत्रमा उल्लेख व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
सहकारी नियमन प्राधिकरणको ले देशभरका सहकारी संस्थाहरूलाई आइतवार सार्वजनिक विदा कायम गर्न निर्देशन दिएको छ। नेपाल सरकारको २०८२ चैत्र २२ गतेको निर्णयअनुसार कार्यालय समय परिवर्तन भइसकेपछि पनि कतिपय सहकारी संस्थाहरूले पुरानै समयअनुसार कार्यालय सञ्चालन गरिरहेको पाइएपछि प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो।
प्राधिकरणका अनुसार सरकारी निर्णय कार्यान्वयन नगरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो पुगेको छ। त्यसपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सबै सहकारी संस्थालाई नेपाल सरकारद्वारा जारी गरिएको नयाँ कार्यालय समयअनुसार सञ्चालन गर्न आग्रह गरेको हो।
प्राधिकरणले २०८२ चैत्र २२ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेखित व्यवस्था अध्ययन गरी सोहीअनुसार कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
English Summary:
National Cooperative Regulatory Authority has directed cooperative institutions across Nepal to observe Sunday as a public holiday in line with the government’s revised office schedule. The instruction was issued after complaints emerged that some cooperatives were still operating under the old timetable despite the new decision published in the Nepal Gazette on Chaitra 22, 2082.
What's Your Reaction?

