पशुपति सहकारीबाट बचत फिर्ताका लागि मागदाबी पेश गर्न समितिको आग्रह 

सहकारी पाना ।  सहकारी ब्यवस्थापन समितिले पशुपति सेभिङ एण्ड क्रेडिट को‐अपरेटिभका सदस्यहरुलाई बचत फिर्ताका लागि मागदावी पेश...

२०८०-०६-११
 0  17
पशुपति सहकारीबाट बचत फिर्ताका लागि मागदाबी पेश गर्न समितिको आग्रह 

सहकारी पाना ।  सहकारी ब्यवस्थापन समितिले पशुपति सेभिङ एण्ड क्रेडिट को‐अपरेटिभका सदस्यहरुलाई बचत फिर्ताका लागि मागदावी पेश गर्न आग्रह गरेको छ । विहिबार सार्वजनिक सूचना जारी गर्दै समितिले ३५ दिनभित्र अनलाईनमार्फत आवश्यक प्रमाणसहित निवेदन पेश गर्न आग्रह गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत साउन १ गते पशुपतिलाई समस्याग्रस्त घोषणा गर्दै संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समितिमा पठाएको थियो । त्यसपछि समितिले सहकारी संस्थाको कार्यालय शील गर्दै कागजपत्र नियन्त्रणमा लिएको हो । त्यसपछि समितिले संस्थाका सदस्यलगायतलाई आफूले पाउनुपर्ने रकमको सप्रमाणसहित समितिको वेबसाइट मार्फत पेश गर्न भनेको छ । 

संघिय सरकारले हालसम्म पशुपतिसहित १५ वटा सहकारी संस्थालाई समस्यास्याग्रस्त घोषणा गरिसकेको छ । 

यसैगरी वागमती प्रदेश सरकारले पनि सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । सिभिलको सम्पति तथा दायित्व फरफारकका लागि संघिय सरकारलाई अनुरोध गरेपनि कार्यक्षेत्रभित्र नपर्ने भन्दै अस्विकार गरेपछि प्रदेश सरकारले पनि छुट्टै समिति बनाउने तयारी गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता