पूर्वगभर्नर खतिवडाको सहकारीलाई सुझाव : समस्या पर्दा सघाउने निकाय छैनन, सावधानी अपनाउनुहोस् 

२०८०-०६-०७
 0  15
पूर्वगभर्नर खतिवडाको सहकारीलाई सुझाव : समस्या पर्दा सघाउने निकाय छैनन, सावधानी अपनाउनुहोस् 
पूर्वगभर्नर खतिवडाको सहकारीलाई सुझाव : समस्या पर्दा सघाउने निकाय छैनन, सावधानी अपनाउनुहोस् 

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सहकारी संस्थाहरुमा समस्या पर्दा सहयोग गर्ने निकाय नभएकाले सावधानी अपनाउन सुझाव दिनुभएको छ । सहकारीका लागि बैंकहरुमा जस्तै स्थायी तरलता, रि फाईनान्स, अन्तिम ऋणदाता सुविधा जस्ता तरलता ब्यवस्थापनको औजार नभएको र संघहरुसँग पनि अप्ठेरोमा परेका संस्थाहरुलाई सहयोग गर्ने क्षमता नभएको उहाँको भनाइ छ । 

‘बैंकहरुलाई तरलताको समस्या पर्दा राष्ट्र बैंकले सघाउनुका साथै स्थायी तरलता सुविधा, रि फाईनान्स, अन्तिम ऋणदाता जस्ता सुविधाका पाउछन् तर सहकारीलाई त्यस्तो सुविधा दिने निकाय छैन’ शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको वार्षिक साधारणसभामा बोल्दै उहाँले भन्नुभयो, ‘सहकारी बैंक र नेफस्कूनको क्षमता पनि राम्रो नभएकाले समस्या पर्दा तीनले सहयोग गर्छन भनेर ढुक्क नहुनुहोस् ।’

वित्तीय क्षेत्रमा राम्रा दिन आउनलाई अझै समय लाग्ने भन्दै उनले सावधानीपूर्वक वित्तीय कारोबार गर्न उहाँले आग्रह गर्दै पूर्व गभर्नर खतिवडाले हौसिएर लगानी नगर्न सुझाव दिनुभयो । उहाँले सहकारी स्वायत संस्था भएकाले राष्ट्र बैंकलाई जिम्मा दिनु नहुने पनि उल्लेख गर्नुभयो । ‘स्वनियमनमा बस्ने संस्थाले म तेरो स्वामित्व स्वीकार गर्छु भनेर राष्ट्र बैंकको पछि लागियो भने सहकारी स्वतन्त्र व्यवसाय हुदैन’ उहाँले भन्नुभयो, ‘त्यसका लागि नयाँ संस्थाको स्थापना गर्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता