वागमती प्रदेशमा समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि छुट्टै समिति

२०८०-०५-३०
 0  18
वागमती प्रदेशमा समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि छुट्टै समिति

काठमाडौं । बागमती प्रदेश सरकार मातहत रहेका समस्याग्रस्त सहकारीहरुको सम्पति तथा दायित्व फरफारक गर्नका लागि छुट्टै समिति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्न लागिए जानकारी दिनुभयाे । बागमती प्रदेश सहकारी संघको आज सम्पन्न तेश्रो साधारणसभालाई सम्बोधन गर्दै उहाँले धेरै संस्थाहरु समस्यामा पर्दै गएकाले तिनीहरुको व्यवस्थापनका लागि प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठनको प्रक्रिया अगाडि बढाइएको बताउनुभयाे ।

प्रदेश सरकारले हालै मात्र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले उक्त सहकारी संघिय सरकारको समस्याग्रस्त व्यवस्थापन समितिलाई पठाएपनि कुनै निर्णय भएको छैन । 

संघिय सरकारले नहेर्ने भएपनि प्रदेशले छुट्टै समिति गठन गर्न लागेको हो । यसका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको मन्त्री महर्जनले जानकारी दिनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता