सहारा नेपाल(साकोस)ले भब्यरुपमा तिज कार्यक्रम मनायो
सहकारी पाना। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालको पूर्वी विकास क्षेत्रको झापा जिल्लाको बिर्तामोड नगरपालिका...
सहकारी पाना। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालको पूर्वी विकास क्षेत्रको झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा अवस्थित छ। यो सहकारी संस्था लिमिटेड सहकारी ऐन अन्तर्गत दर्ता भएको ०३ अप्रिल १९९६ मा स्थापना भएको सामुदायिक, समूह र सदस्यमा आधारित सहकारी मोडेल लघुवित्त संस्था हो। यस संस्थाले जीविकोपार्जन, स्वास्थ्य र वातावरण र सामुदायिक सशक्तिकरण जस्ता विभिन्न सामाजिक विकास कार्यक्रमहरूमा पनि संलग्न छ।
यसै क्रममा “सदस्य सुनौ, सदस्य बुझौ” मूल नारा सहित सहारा नेपाल (साकोस) सिजुवा सेवा केन्द्र, रतुवामाई (६ शनिश्चरे बजारमा भब्यरुपले तिज बिशेष कार्यक्रम मनायो ।
नेपालकै ठूलो र संबृद्धि सहारा नेपालको उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख नागेश्वर प्रसाद सिंहले खुत्रुकेमा पैसा खसालेर गर्नु भयो । कार्यक्रममा स्थानिय वडाध्यक्ष तुलाराम लइटेल तथा ठूलो जनसभागिता रहेको छ । यस संस्था सहकारी ऐन अन्तर्गत दर्ता भएर ०३ अप्रिल १९९६ मा स्थापना भएको सामुदायिक, समूह र सदस्यमा आधारित सहकारी मोडेल लघुवित्त संस्था हो।
यो गरिबी घटाएर स्थानीय समुदायको सामाजिक र आर्थिक विकासमा समर्पित छ। यसले सदस्यहरूलाई सहकारी लघुवित्त सेवा प्रदान गर्दै आएको छ। यसले जीविकोपार्जन, स्वास्थ्य र वातावरण र सामुदायिक सशक्तिकरण जस्ता विभिन्न सामाजिक विकास कार्यक्रमहरूमा पनि संलग्न छ।
यसले गरिबीमा परेका र तल्लो तहमा परेकाहरूमा चेतना जगाउनका साथै आधारभूत आवश्यकताहरूको ग्यारेन्टी गर्न र आत्मनिर्भरता प्राप्त गर्न दिगो विकास स्थापना गर्न, यसरी वैध समाज निर्माण गर्न प्रयास गर्दछ।
What's Your Reaction?


