सहकारीहरुलाई नयाँ नोट पाउन सधै सकस

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशै तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै असोज २९ गतेबाट नयाँ खुद्रा नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले मुद्रा ब्यवस्थापन विभागका साथै बाणिज्य बैंकहरुका तोकिएका शाखाबाट नोट सटही ब्यवस्था गरेपनि सहकारी संस्थाहरु भने यो सुविधाबाट वञ्चित छन् ।
गत वर्षहरुमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारी संस्थाहरुलाई नोट सटही सुविधा दिइएकोमा यस वर्षभने अझै निर्णय नभइसकेको सहायक महाप्रवन्धक राजेश श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले नयाँ खुद्रा नोटका लागि राष्ट्र बैंकमा निवेदन दर्ता गरेका छौं’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म यसबारेमा केही निर्णय भएको छैन, बेलुकासम्म निर्णय भएमा भोलिबाट नयाँ नोट ल्याएर संस्थाहरुलाई उपलब्ध गराउछौं ।’
सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारका लागि मात्र अनुमति पाएकाले बाणिज्य बैंकसरह नयाँ नोट पाउने गरेको छैन । तर, बैंकले सहकारीसँग होलसेलमा कारोबार गर्ने भएकाले संस्थाहरुको अपेक्षा पुरा गर्न ग्राहो हुने गरेको सहायक महाप्रबन्धक श्रेष्ठले बताउनुभयो ।
यसैगरी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले भने बाणिज्य बैंकहरुबाट प्राप्त हुने नगदका आधारमा संस्थाहरुलाई सटही सुविधा उपलब्ध गराउने जनाएको छ । संघका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले गत वर्षजस्तो नयाँ नोटका लागि संस्थाहरुबाट माग नभएको र संघले पनि त्यति धेरै प्राथमिकता नदिएको बताउनुभयो । तर, आवश्यक पर्ने संस्थाहरुलाई संघले कारोबार गरिरहेका बाणिज्य बैंकबाट प्राप्त हुने रकमका आधारमा वितरण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्र बैंकद्धारा जारी सूचना अनुसार भने काठमाडौंमा मुद्रा व्यवस्थापक विभाग र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमा नयाँ नोट सटही गर्ने ब्यवस्था छ । यसबाहेक बाणिज्य बैंकहरुले तोकेको शाखाहरुमा नोट सटही सुविधा उपलब्ध हुनेछ ।
गतवर्षझै प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने जनाएको छ । जसमा ५, १०, २०, ५० र एक सय रुपैयाँको एक/एक प्याकेट उपलब्ध हुनेछ ।
कोभिड महामारीका कारण दुईवर्षमानयाँ नोट सटही नगरेको राष्ट्र बैंकले गत आवबाट पुनः दशैको मुखमानयाँ नोट सटही सुविधादिने परम्परालाई निरन्तरता दिनथालेको हो । गतवर्ष पनि राष्ट्र बैंकले दशैको अवसरमा बजारमा १६ अर्व बराबरको नयाँ खुद्रा नोट पठाएको थियो ।
What's Your Reaction?






