नेफ्स्कूनको मनोनय फारम दर्ता गराउने शनिबार अन्तिम मिति

सहकारी पाना । नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभाका लागि सदस्य संघ संस्थाहरुले धिकारिक प्रतिनिधि मनोनय फारम दर्ता गराउने मिति अब मात्र १ दिन बाँकी रहेको छ ।
नेफ्स्कूनको पुस ७ र ८ गते आयोजना हुने उक्त आसन्न साधारण सभाका लागि प्रतिनिधि मनोनयन दर्ता फारम यही मंसिर ३० गते शनिबारसम्म बुझाइसक्नु पर्ने व्यवस्था रहेको छ ।
मनोनयन फारम दर्ता गराउने अन्तिम मिति शनिबार परेको हुदा त्यस दिन पनि उक्त प्रयोजनका लागि संघका देशभरका कार्यालयहरु खुला रहने बताईएको छ ।
What's Your Reaction?






