नेफ्स्कूनको चुनावी साधारणसभा पुस ५ र ६ गते, को बन्ला भावी अध्यक्ष ?
साधारणसभाले नेफ्स्कूनको आगामी कार्यकालका नयाँ संचालक समिति चयन गर्नेछ । यसका लागि कानुन व्यवसायी घनेन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिमा नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र विभागका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
काठमाडौं । बचत तथा ऋण सहकाज्ञरीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को चुनावी साधारणसभा पुस ५ र ६ गते काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको संघको संचालक समितिको बैठकले साधारणसभाको मिति तोकेको बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।
साधारणसभाले नेफ्स्कूनको आगामी कार्यकालका नयाँ संचालक समिति चयन गर्नेछ । यसका लागि कानुन व्यवसायी घनेन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिमा नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र विभागका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
नेफ्स्कूनको आगामी अध्यक्षका लागि हालसम्म बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । यस्तै वर्तमान अध्यक्ष परितोष पौड्यालले पनि अनौपचारिक रुपमा एक कार्यकाल दोहोर्याउने चाहाना राख्दै आएका छन् ।
तर, सहकारीकर्मीहरुले भने अहिलेको परिस्थिती जटिल रहेको र सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
What's Your Reaction?