साना किसान विकास कार्यक्रम नेपालको पहिलो लघुवित्त कार्यक्रम

सहकारी पाना ।नेपालको ग्रामीण दुर(दराजमा रहेका विपन्न किसान समुदायको आर्थिक तथा सामाजिक उत्थान गरी ग्रामीण गरिवी निवारण गर्न...

२०८०-०५-३०
 0  77
साना किसान विकास कार्यक्रम नेपालको पहिलो लघुवित्त कार्यक्रम

– ऋषिकुमार ढकाल

सहकारी पाना ।नेपालको ग्रामीण दुर(दराजमा रहेका विपन्न किसान समुदायको आर्थिक तथा सामाजिक उत्थान गरी ग्रामीण गरिवी निवारण गर्न एउटा ठोस कार्यक्रम को खोजी गर्ने सिलसिलामा विश्व खाध्य कृषि संगठन ९ाबय०, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९गलम० र तत्कालीन श्री ५ को सरकारको संयुक्त तत्त्वावधान‌मा आयोजित गोष्ठिल परीक्षणको रूपमा साना किसान विकास कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकाले अनुरूप वि। स। २०३२ साल दोखि कृषि विकास बैंक मार्फत सञ्चालित (साना किसान विकास कार्यक्रम) नेपालमा गरिवी निवारणको दिशामा एक अग्रणी कार्यक्रमको रूपमा रहेको छ ।

दयनी आर्थिक अवस्थामा जीवन निर्वाह गरिहेका साना किसानहरुलाई समुदायमा संगठित गराई आर्थिक तथा सामाजिक रूपले सक्षम बनाउँने उदेश्य अनुरूप शुरु गरिएको यस कार्यक्रमले उपेक्षित ग्रामीण विपन्न समुदायलाई विकासको मूल प्रवाहमा समावेस गराएर गरिबी निवारण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरी आएको छ । 

आय आर्जनको लागि चेतना, शीप, पुँजी र प्रविधिले सम्पन्न बनाउन सरल सहज  श्रृणको ब्यवस्था, दिगो श्रोत ब्यवस्थापनका लागी वचत संकलन, परिचालन, चेतना र शीपकालागि बैठक, तालिम, भ्रमण एवं सामाजिक ÷ साँस्कृतिक परिर्वतन‌का लागि सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गर्न स्थानीय समुद्रायको घर दैलोमा पुगी सेवा लिने र सेवा दिने बीचको दुरी न्यून गर्ने सन्दर्भमा यो कार्यक्रम लाई नेपालकै पहिलो संगठित प्रयास मानिएको छ ।

हिजो आज गरिवी निवारणका लागि सेवारत विभिन्न लघुवित्त संस्था तथा अन्य विकासे अवधारणामा विकासको आधार हुन पुगेको यस कार्यक्रमलाई अझै परिमार्जनसाँथ देशैभर विस्तार गरिनुपर्ने आवाश्यकता विभिन्न पक्ष बाट समय-समयमा गरिएका अध्ययन र अनुसन्धान ले पुष्टी गरी सुझाए अनुसार सर‌कारी तवर‌बाट नै लक्षित वर्ग कै नेतृत्वमा कार्यक्रम को व्यवस्थापन हुन सके उनीहरूको पहुँच बृद्धि हुने दोखिएपाछि कार्यक्रम सञ्चाल नको सिलसिलामा गर्दै जाने सिक्दै जाने  समयमा साना किसान विकास कार्यक्रम भित्र लक्षित बर्गको सशक्तिकरण र कार्यक्रममा उनीहरुकै  नेतृत्वदायी भूमिका हुनु पर्ने आवश्यकता महसुस हुँदै गयो ।कार्यक्रम भित्र हुने परिस्कारको निरन्तरता को जति महत्त्व थियो त्यति नै सेवाबाट बञ्चित क्षेत्रमा कार्यक्रम बिस्तार गर्नुपर्ने  जिम्मेवारी समेत कायम नै रह्यो ।  

यकातर्फ यस कार्यक्रमलाई विस्तार न्यूनत‌म बिन्दुमा राख्‌दै लागत दृष्टिकोणले समेत प्रभावकारी बनाउनु पर्ने संचालक संस्था सामुु थियो भने अर्को तर्फ स्थानीय तह‌मा नेतृत्व विकास गरी कार्यक्रमलाई दीगो रुप‌मा सञ्चालन हुने उपायको खोजी गर्नु पर्ने आवाश्यकता सृजना भयो । नयाँ प्रयोगको खोजी गर्नेक्रममा आ. व.२०४२÷०४३ देखि न्त्श् तथा तथा कृषि विकास बैंठको संयुक्त प्रयासया साना किसान विकास कार्यक्रम भित्र संस्थागत विकास कार्यक्रमको अवधारणा विकसित गराइयो । 

साना किसानका समूहलाई गाविसका वडा स्थरमा समूह प्रतिनिधिहरुको अन्तर समूह गठन गरी सम्बन्धित अन्तर समुह‌मा समुह र सदस्यहरुलाई आवद्ध गराई साविक‌का गा.वि.स. स्तामा अन्तर समुहवाट छनौट  चयन भए‌का प्रतिनिधिको गाविस स्तरिय कार्यक्रम संचालन गर्दै मूल समिति गठन गरी उक्त समिति र मातहतका समुह÷ अन्तर समुहलाई सक्षम तुल्याउँदै उनीहरुको आफ्नै संगठनको माध्यमवाट नै स्थानीय आवा श्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने पद्धतीको शुरुवात भयो । यसरी गठन स्थानीय साना किसनहरुको मूल संगठनलाई नै वैधानिकता दिन साना किसान कृषि सहकारी संस्था लि. हरुको रूपमा सहकारी विभाग  जिल्ला र डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता गराई उक्त संस्‌थालाई सञ्चालन गर्ने जिम्मेबारी सोही संगठन‌का प्रतिनिधिहरूवाट गर्ने विधि अपनाइ‌यो ।

संस्थाको सञ्चालन तथा व्यवस्थापनमा स्थानीय साना किसानहरूको प्रत्यक्ष सहभागितामा स्थानीय स्तरमा नै स्वतन्त्र सह‌कारी संस्थाको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लि।हरुलाई नै सरकारी तवरबाट सञ्चालित साना किसान विकास आयोजनाको सम्पूर्ण व्यवस्थापन हस्तान्तरण गर्दै जाने नीति अनुरूप कृषि विकास बैठद्धारा ग्रामीण गरिवी निवारणका लागि सञ्चालित साना किसान विकास कार्यक्रमको आयोजनाको सम्पूर्ण ब्यवस्थापन  कारोबारहरु हस्तान्तण गर्ने कार्य आ.व. २०५०र०५१ दोखि शुरुवात भयो ।

 यसको निरन्तरतावाट आ.व. ०६३/०६४ को आबाद मसान्त सम्ममा २२४ वाट साना किसान विकास आयोजनाको व्यवस्थापन साना किसानहरूको मान्यता, प्राप्त साना किसान कृषि सहकारी संस्था लि। मा हस्तान्तरण भई सक्षमताकासाथ स्थानीय किसानहरूवाट साना किसान कृषि सह‌कारी संस्था लि. सञ्चालन हुँदै आएको छ।
(ढकाल साना किसान कृषि सहकारी संस्था लि. सिजुवा मोरङको मुख्य ब्यवस्थापक एवं साना किसान विकास कार्यक्रमको सहजकर्ता हुनुहुन्छ ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow