सहकारी नियमन गर्ने छुट्टै विशिष्टीकृत संस्था स्थापना गर्ने
नियमन अभावमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी नियमन गर्ने छुट्टै विशिष्टीकृत संस्था स्थापना गरि प्रकृया अगाडि बनाउने घोषणा

अर्थतन्त्र सङ्कटको बोल्ड निर्णय उद्घोष गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सहित नेपाल सरकारका मन्त्रीहरूले मंसिर ४ र ५ गते आर्थिक अवस्थामा विषयमा छलफल भएको थियो । जसमा मुख्य ४ विषयहरू उजागर गरेको छ ।
१. ऋण मिनाहा हुने अफवाह
२. नीति क्षेत्रको गुनासोको सवालमा सरकारको उपस्थिति ।
३. नियमनको अभावमा देखा परेको वित्तीय क्षेत्रको समस्या
४. समग्र अर्थतन्त्रको विषयमा सरहको चासो ।
सो छलफलमा प्रधानमन्त्री, अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नर ले विगतमा लिइएको ऋण मिनाहा वा छुट हुने कुनै सम्भावना रहेको सन्देश दिएका थिए । त्यस्तै आम जनताले यस्तो अफवाहमा नपर्न समेत सुझाव दिएका छन ।
राजनीतिक दल, निजी क्षेत्र, विज्ञ र सरकारी निकायका प्रतिनिधि समेतको ब्रिफिङपछि प्रधानमन्त्री प्रचण्डले सहकारी सम्बन्धी विषय समेत संलग्न गरि केही निचोड निकाल्नु भएको छ । ,
नियमन अभावमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी नियमन गर्ने छुट्टै विशिष्टीकृत संस्था स्थापना गरि प्रकृया अगाडि बनाउने घोषणा गनुभएको छ । सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षा गर्न सहकारी कोष स्थापना गर्ने साथै छ महिनाभित्र नियमनको दायरामा ल्याउन एक विशिष्टीकृत संस्था स्थापना गरिने वताउनु भएको छ ।
What's Your Reaction?






