हेटौडा उप नगरपालिकाले सहकारी संघ/संस्थाका सदस्यलाई यातायात खर्च नवाँड्न आग्रह
हेटौडा । हेटौडा उप महानगरभित्र रहेका सहकारी संघरसंस्थाहरुलाई वार्षिक साधारण सभामा सदस्यलाई यातायात खर्चको नाममा रकम
सहकारी पाना । हेटौडा उप महानगरभित्र रहेका सहकारी संघरसंस्थाहरुलाई वार्षिक साधारण सभामा सदस्यलाई यातायात खर्चको नाममा रकम नबाँड्न हेटौडा उप महानगरपालिकाले सूचना आव्हान गरेकोछ।
सहकारीहरुले साधारण सभामा सदस्यहरुलाई लामो लाइन लगाएर यातायात खर्च बाँड्ने गरेको छ । अव त्यस्तो कार्य नगर्न उप-महानगर प्रमुख मिनाकुमारी लामाद्वारा निर्देशीत सूचना जारी गरिएको छ।
संघसंस्थाहरुको साधारण सभाको उपस्थिति स्वयमसेवक मार्फत ब्यवस्थित गर्न, सहकारीका सदस्यले सभामा उपस्थित सदस्यले कुर्सीमा बसेर अतिथिको धारणा सुन्न र आफ्ना धारणा राख्ने बातावरण बनाउन समेत भनिएको छ। यदी प्रस्तुत निर्देशन वेवास्था गरिएमा सहकारी ऐन र नियमावली अनुसार कारवाही गरिने कुरा पनि सूचित गरिएको छ ।
What's Your Reaction?


