९ ओटा संघहरुले पाए सहकारी महासंघको सदस्यता

काठमाडौं । सहकारी अभियानको केन्द्रीय छाता निकाय राष्ट्रिय सहकारी महासंघ ९ ओटा संघहरुलाई सस्ययता प्रदान गरेको छ । महासंघको बोर्ड बैठकले ६ वटा प्रदेशस्तरीय संघ र ३ वटा जिल्लास्तरीय संघलाई सदस्यता प्रदान गरेको हो । यो सहित अब महासंघको सदस्य संख्या ३१६ पुगेको छ ।
आइतबारको बोर्डबाट सदस्य पाएका संघहरुमा लुम्बिनी प्रदेशस्तरी सहकारी संघ, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेश कृषि सहकारी संघ रहेका छन् । त्यसैगरी कोशी प्रदेश सहकारी संघ, बागमती प्रदेश कृषि सहकारी संघ, सुदुरपश्चिम प्रदेश सहकारी संघ रहेका छन् । त्यसैगरी तीन ओछा जिल्लास्तरीय सहकारी संघहरुमा नवलपरासी जिल्ला कृषि सहकारी संघ, नवलपरासी जिल्ला सामाजिक उद्यमी संघ र बहुउद्देश्यीय सहकारी संघ रुपन्देही रहेका छन् ।
बैठकले महासंघका सदस्य संघहरुलाई सहकारी ऐन २०७४ अनुसार असोज मसान्तभित्र वाह्य लेखा परिक्षण सम्पन्न गरी कात्तिक मसान्तभित्र महासंघमा समेत प्रतिबेदन बुझाउन परिपत्र गर्ने निर्णय गर्नुका साथै सहकारीमा साइबर सुरक्षाको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले सहकारी साइबर नीति २०८० पारित समेत पारित गरेको छ ।
What's Your Reaction?






