विवरण पेश नगर्ने संस्थाहरूलाई स्पष्टीकरण माग
सहकारी विभागले कार्तिक २४ गते आफ्नो क्षेत्राधिकारमा पर्ने संस्थाहरूलाई स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्ने सूचना जारी गरेको थियो । तर, कतिपय सहकारी संस्थाहरूबाट स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण प्राप्त हुन नआएको भन्दै विभागले पुन सूचना जारी गरेको छ ।

सहकारीपाना: सहकारी विभागले कार्तिक २४ गते आफ्नो क्षेत्राधिकारमा पर्ने संस्थाहरूलाई स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्ने सूचना जारी गरेको थियो । तर, कतिपय सहकारी संस्थाहरूबाट स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण प्राप्त हुन नआएको भन्दै विभागले पुन सूचना जारी गरेको छ ।
उक्त सूचनामा तोकिएको समयभित्रै विवरणहरू पेश नगर्ने सहकारी संस्थाहरूले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलाइ स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरू पेश गर्नुहुन सूचित गरिन्छ भनिएकोछ ।
विभागकाे कात्तिक २४ गतेकाे निर्देशन :
What's Your Reaction?






