केन्द्रीय दुग्ध सहकारी संघको प्रेस विज्ञप्ती
काठमाडौ । कोशी प्रदेशमा रहेका डेरी यद्योग संघ र नेपाल डेरी एशोसिएसनसँग आवद्ध मुख्य डेरी सञ्चालकहरु बीचको छलफलबाट कच्चा दूधको...

काठमाडौ । कोशी प्रदेशमा रहेका डेरी यद्योग संघ र नेपाल डेरी एशोसिएसनसँग आवद्ध मुख्य डेरी सञ्चालकहरु बीचको छलफलबाट कच्चा दूधको खरीद मूल्य समायोजन तथा समानता सम्बन्धमा गरेको निर्णय प्रति केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले प्रेस विज्ञप्ती गम्भिर ध्यानाकर्षण गरएको छ ।
किसानहरुको लामो संघर्ष र दवाव पश्चात नेपाल सरकार मन्त्री परिषदको उक्त निर्णय अनुसार देशका गरिव किसानहरुले उत्पादन गरेको कच्चा दूधको न्युनतम मूल्य रु ६५ कायम गरी सो मूल्यमा किसानबाट खरीद गर्नु पर्ने र दुग्ध सहकारी संघ संस्थाहरुलाई ढुवानी, चिलिङ खर्च उपलब्ध गाउनु पर्ने रहेको बताईएको छ ।
उक्तँ गरिएको न्यूनतम निर्णयको विरुद्धमा गई कोशी प्रदेश भित्र रहेका उद्योगीहरुबाट कच्चा दूधको मूल्य रु ५७ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफमा जाने दुस्सास नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको कुरा विज्ञप्तीमा जानाईको छ ।
What's Your Reaction?






