कोशी प्रदेश भित्रका सहकारी सफ्वेयर सुचीकरण गर्नुपर्ने

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय ले कोशी प्रदेश भित्रका सहकारी संस्थाहरूले प्रयोग गर्ने सहकारी सफ्टवेयरहरूलाई सूचिकरणको लागि सूचना जारी गरेको छ ।

२०८१-०६-१५
 0  90
कोशी प्रदेश भित्रका सहकारी सफ्वेयर सुचीकरण गर्नुपर्ने

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय ले कोशी प्रदेश भित्रका सहकारी संस्थाहरूले प्रयोग गर्ने सहकारी सफ्टवेयरहरूलाई सूचिकरणको लागि सूचना जारी गरेको छ ।  सूचना अनुसार सहकारी ऐन, २०७४ को दफा ७२ र प्रदेश सहकारी ऐन, २०७६ को दफा ५९ तथा सहकारी नियमावली, २०७५ को नियम २८ को उपनियम ३ तथा प्रदेश सहकारी नियमावली २०७६ को नियम २० को उपनियम ३ बमोजिम पाँच करोडभन्दा वढी कारोवार गर्ने सहकारी संस्थाले एप्लिकेशन सफ्टवेयरमा लेखांकन गर्न सक्ने व्यवस्था भए बमोजिम सोको प्रभावकारी नियमनका लागि कोशी प्रदेश सरकारबाट जारी सहकारी संस्थाको एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि, २०८१ू जारी भएको छ।

यस कार्यालयको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संघरसंस्थाले प्रयोग गर्ने सबै प्रकारका सफ्टवेयर प्रदायकहरुले अव उप्रान्त त्यस्ता सबै सफ्टवेयरहरु तोकिएबमोजिमको मापदण्ड पुरा गरी अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने र यस कार्यालयमा सूचीकरण नभएका सफ्टवेयरहरु प्रयोग गर्न नपाउने प्रावधान भएकाले सो प्रयोजनका लागि सबै सफ्टवेयर प्रदायक संस्थाहरुले सो कार्यविधिको अनुसूची १ को ढाँचामा आवेदन गर्नुहुन र आवेदनका साथमा आफ्नो सफ्टवेयरको टेष्ट युजरनेम र पासवर्ड सहित यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सूचीकरणका लागि (आवेदन कार्यालयको इमेल sahakariregistrar.pl@gmail.com मा समेत) गर्न यो सूचना जारी गरिएको छ । कोशी प्रदेश सरकारले जारी गरेको मापदण्डभित्र रही सफ्टवेयर प्रयोग तथा संचालन गर्नका लागि आफूले प्रयोगमा ल्याएको सफ्टवेयर कम्पनीलाई यस कार्यालयमा सूचीकरणका लागि जानकारी दिन समेत सबै सहकारी संस्थाहरुलाई सुचित गरिएको छ ।

Files

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता