सहकारीहरूको तथ्यांक संकलन सुरु, गणकलाई सहयोग गर्न आग्रह
विभागले सहकारी क्षेत्रको वास्तविक आर्थिक योगदान अभिलेखीकरण गर्न यस कार्यलाई महत्वपूर्ण मान्दै सबै सहकारी संघ/संस्थालाई समन्वय र सहकार्य गर्न आग्रह गरेको छ
सहकारी विभाग ले सहकारी क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदान मापन गर्ने उद्देश्यले देशभरका सहकारी संघ/संस्थाको तथ्यांक संकलन कार्य सुरु गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालय सँगको सहकार्यमा सहकारी क्षेत्रको कुल गार्हस्थ उत्पादन (GDP) मा योगदानको यथार्थ अवस्था अध्ययन गर्न यो पहल गरिएको विभागले जनाएको छ।
विभागका अनुसार २०८२ चैत १९ गतेदेखि २०८३ असार मसान्तसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभर रहेका सहकारी संघ/संस्थाहरूको स्थलगत विवरण संकलन गरिनेछ। तथ्यांक संकलनका लागि खटिएका गणकहरू सहकारी संस्थामा पुग्ने भएकाले आवश्यक विवरण उपलब्ध गराई सहयोग गर्न विभागले अनुरोध गरेको छ।
विभागले सहकारी क्षेत्रको वास्तविक आर्थिक योगदान अभिलेखीकरण गर्न यस कार्यलाई महत्वपूर्ण मान्दै सबै सहकारी संघ/संस्थालाई समन्वय र सहकार्य गर्न आग्रह गरेको छ।
उप–रजिस्ट्रारद्वारा हस्ताक्षरित पत्रमार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो।

English Summery :
The Department of Cooperatives has launched a nationwide data collection campaign to assess the sector’s contribution to Nepal’s GDP. All cooperatives are requested to support this important initiative.
What's Your Reaction?

