बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि नयाँ मापदण्ड जारी
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्रभावकारी नियमन, अनुगमन तथा सुपरिवेक्षण गर्नका लागि 'बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ (प्रथम संशोधन)' स्वीकृत गरी जारी गरेको छ।
प्राधिकरणको मिति २०८२/०५/०९ गतेको निर्णय अनुसार उक्त मापदण्ड स्वीकृत गरिएको हो। यो मापदण्ड जारी गर्नुको मुख्य उद्देश्य सहकारी ऐन, २०७४ को दफा २०क, बमोजिमको वर्गीकरण प्रयोजनका साथै संस्थाको अभिलेखीकरण गरी कार्य सञ्चालन इजाजतपत्र प्रदान गर्नु रहेको सूचनामा उल्लेख छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ज, को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सम्पूर्ण सरोकारवाला निकायहरुलाई सोही मापदण्डबमोजिम गर्न/गराउन अनुरोध गरेको छ।
थप जानकारी गराउँदै प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले अर्को सूचना जारी भएपश्चात् संलग्न मापदण्डको अनुसूची–१ बमोजिमको विवरण विद्युतीय प्रणाली मार्फत प्रविष्ट गर्नुपर्ने व्यहोरा पनि जनाएको छ।
यो नयाँ मापदण्डले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास लिइएको छ।
What's Your Reaction?

