भूकम्प पीडितलाई साना किसान सहकारीको चामल, कम्बल र त्रिपाल, थप सहयोग संकलन हुदै
साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले भूकम्प पिडितका लागि आर्थिक सहयोग संकलन समेत सुरु गरेको छ । संघले सार्वजनिक अपील जारी गर्दै वित्तीय संस्थाको हिमालयन बैंकमा रहेको खातामा सहयोग रकम जम्मा गर्न सम्पूर्ण सदस्य संस्थाहरुलाई अनुरोध गरेको छ ।
काठमाडौं । साना किसान सहकारी संस्थाहरुले भूकम्प पिडितलाई चामल, कम्बल र त्रिपाल सहयोग गरेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघको पहल तथा वित्तीय संस्थाको शाखा कार्यालय सुर्खेतको सक्रियतामा सोमबार १५० बोरा चामल, ४१९ थान त्रिपाल र ४९३ थान कम्बल पठाइएको अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिनुभयो ।
यसैगरी केन्द्रीय संघ र वित्तीय संस्थाले भूकम्प पिडितका लागि आर्थिक सहयोग संकलन समेत सुरु गरेको छ । संघले सार्वजनिक अपील जारी गर्दै वित्तीय संस्थाको हिमालयन बैंकमा रहेको खातामा सहयोग रकम जम्मा गर्न सम्पूर्ण सदस्य संस्थाहरुलाई अनुरोध गरेको छ ।
आईतबार बेलुकीसम्म नुवाकोट र रसुवाका साना किसान सहकारी संस्थाहरुले संस्थागत तथा संचालकहरुको व्यक्तिगत गरी डेढ लाख रुपैयाँ भन्दा बढी संकलन भएको संघले जानकारी दिएको छ । संकलित रकम एकमुष्ट रुपमा प्रधानमन्त्री दैवि प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने अध्यक्ष पाठकले बताउनुभयो ।
What's Your Reaction?


