सहकारीहरुलाई छानविनको लागि रजिष्ट्रार कार्यलयको आह्वान 

सुनसरी । केशी प्रदेश सहकारी रजिष्ट्रार कार्यलयले हिसाव किताव छानविन तथा लेखा परिक्षणको लागि प्रदेशभित्र रहेका समस्याग्रस्त सहकारीहरुलाई...

२०८०-०७-२१
 0  2382
सहकारीहरुलाई छानविनको लागि रजिष्ट्रार कार्यलयको आह्वान 

सुनसरी । केशी प्रदेश सहकारी रजिष्ट्रार कार्यलयले हिसाव किताव छानविन तथा लेखा परिक्षणको लागि प्रदेशभित्र रहेका समस्याग्रस्त सहकारीहरुलाई सूचना जारि गरेको छ ।

यस कार्यलयको नियम क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ संस्थाको प्रदेश सहकारी ऐन बमोजिम समस्याग्रस्त संघ संस्थाको लेखा परिक्षण गरी प्रतिवेदन तयार गर्न र कसूरको छानविन तथा कार्वाही प्रकृयामा हिसाव किताव छानविन गरी प्रतिवेदन पेश गर्न जनाएको छ । 

लेखा परिक्षकहरुको रोष्टर तयारको लागि पारिश्रमिक सम्वन्धित संघ संस्थासँगको समझदारीमा भुत्तानी हुने गरी प्रदेश सहकारी ऐन बमोजिम अयोग्य नभएका ब्यक्ति,फर्म,कम्पनीले अनुसूचि बमोजिमको कागजात र ढाँचामा यो निबेदन प्रकाशित मितिदेखि ३५ दिनभित्रमा आवेदन पेश गर्न जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता