सहकारी बुझाउने जिम्मेवारी संचालकहरुको हो ।

लघुवित्त संस्था र बैंक हुँदै सहकारी प्रमुख कार्यकारी अधिकृत भई काम गरि रहनु हुने कावेली बहुउदेश्यीय सहकारीका CEO सुवास पौड्याल सँग सहकारी सम्बन्धी समसामयिक विषयमा सहकारी पाना टिमले वहाँ सँग गरिएको कुराकानी ...

२०८०-०९-१९
 0  2086
सहकारी बुझाउने जिम्मेवारी संचालकहरुको हो ।

लघुवित्त संस्था र बैंक हुँदै सहकारी प्रमुख कार्यकारी अधिकृत भई काम गरि रहनु हुने कावेली बहुउदेश्यीय  सहकारीका CEO सुवास पौड्याल सँग सहकारी सम्बन्धी समसामयिक विषयमा सहकारी पाना टिमले वहाँ सँग गरिएको कुराकानी ...

– तपाईंको बुझाइमा सहकारी संस्था के हो ?आम सहकारीले सदस्यको हितमा कामगरी रहेका छन ?
सहकारीको परिभाषा यही हो भन्ने सर्वव्यापी अर्थ त छैन तर आफू आफू वाट व्यवसाय गर्ने र प्रजातान्त्रिक हिसाबले नियन्त्रण गर्ने, यसका सेवा तथा सुविधा फाइदा एक आपसमै प्रयोगका आधारमा बाँडफाँड गर्नुनै सहकारी हो । हाम्रो गाउँ घरमा यसका थुप्रै प्रकृतिहरु देख्न सकिन्छ कुनै कानुनी रुपमा दर्ता भएर त कुनै आम सदस्यको सहमतिमा । प्रकृति जस्तै भए पनि सदस्यको सर्वोपरि हितनै सहकारीको बलियो आधार हो ।
सहकारी भन्ने बित्तिकै सदस्य हित पहिलो कुरा हो त्यसले गर्दा सहकारी संस्थाले हितमा काम गरेका छैनन् भन्नै मिल्दैन तर कतिपय सहकारी संस्थामा अपचलन गरी सदस्यको वचतनै धराशायी बनाएका भने पक्कै छन् त्यस्ता सहकारी सीमित होलान् तर विगतमा साहु महाजनको चर्को ब्याज तिर्नुपर्ने भएकाले सानो सानो पुँजी जम्मा गरेर सदस्यको हित गरेको कुरा भुल्नु हुँदैन ।  आजभोली बहस चर्किएको छ सदस्यहरू आक्रान्त छन् तर यसको अर्थ सहकारीनै बन्द गर्नुपर्छ भनेर के फेरि पछाडि फर्किन मिल्छ र ? त्यस्ता सहकारी भए कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले काम गरिरहेको छ तर परिणाम भने शून्य छ झारा टार्ने काम भएको छ सरकार अभिभावक हुनुपर्नेमा अभिभावक भएको महसुस गर्न सकिरहेको छैन । फेरि सहकारीका सदस्यहरू पनि आफ्नो संस्थाको अवस्था हेरिरहेको पाइँदैन उहाँहरूले पनि सहकारी संस्थालाई झकझकाइ रहनु पर्छ र अवस्थाको बारेमा जानकारी राख्नैपर्छ । यसो भनिरहँदा सञ्चालकहरू पनि इमान्दारिताका साथ काम गर्नुनै पर्छ आफ्नो व्यक्तिगत सम्झेर कार्य गरेको हुनै हुँदैन ।

– सामाजिक सञ्चाल हेर्दा आम मानिसमा सहकारी शव्दप्रति घृणा उत्पन्न भएको पाइन्छ । यसको दोषी को हो ?
दोष अरुलाई थुपारेर सहकारी सञ्चालक पनि बस्नु हुँदैन जिम्मेवारी अनुसार निस्वार्थ भावनाले काम गरे सहकारी मात्र नभनौ कुनै पनि क्षेत्रमा समस्या विकराल हुँदैन । छिट्टै कमाएर छिट्टै अधि बढ्नुपर्छ भन्ने मान्यताले कसैले जग्गा घरमा लगानी गरेर केही सीमित सहकारीमा समस्या आएको हो  यसले समग्र सहकारीमा नकरात्मक भावना विकसित भइ सहकारीले हालसम्म नझेलेको समस्या झेलिरहेको छ तर यसमा सरकार, सहकारी अभियान्ता, सहकारी सञ्चालक तथा सदस्य सबैको केही न केही कमजोरी छ नै तर वढी दोषको जिम्मेवार अभिभावक भएको हिसाबले नेपाल सरकारले लिनुपर्छ र सदस्यको खाई नखाई राखेको रकम सुरक्षित गर्नैपर्छ ।

– आम सदस्यलाई सहकारी बुझाउने जिम्मेवारी कस्को हो ?
आम सदस्यलाई सहकारी बुझाउने जिम्मेवारी सम्बन्धित सहकारी सञ्चालकहरू नै हाे । आफ्ना आफ्ना सदस्यलाई सदस्य शिक्षा कार्यक्रम झारा टार्ने उद्देश्यले नभइ सहकारीको सर्वोपरि हित हुने गरी प्रजातान्त्रिक हिसाबले सदस्य सदस्यमा घुलमिल भएर बुझाउने दायित्व र जिम्मेवारी दुवै हो तर अहिलेको परिस्थितिमा सम्बन्धित सहकारी संस्थाले बुझाएकै भरमा बुझ्न अलिक कठिन छ ।

– बैंकहरूले न्यून आय भएका वा धितो राख्ने जमिन नभएका आम नागरिकलाई आफ्नो व्यवसाय गर्न ऋण दिदैँन ति नागरिकलाई सहकारीले कसरी हेरेको छ ?

सहकारी भनेको न्यून आय भएकाहरूको सङ्गठित स्वरुप र सानो सानो पुँजी संकलन गरी सोही रकम प्रजातान्त्रिक हिसाबले बाँडफाँड गर्ने र सहकारी सदस्यहरूबाटै नियन्त्रण रहने भएकाले ति सदस्यहरूलाई व्यवसाय गर्न विना धितो कर्जा प्रवाह गरिरहेकै छ जसले गर्दा सदस्य आम्दानीमा वृद्धि गरी आफ्ना आवश्यकताहरू सजिलै पुरा गर्न सक्ने सहकारीहरुले नै बनाएका हुन । हिजो साहु महाजनहरुले १००० नपत्याएर जीवन भर हलिया बनेका थुप्रै उदाहरण छ त्यस्ता ब्यक्तिलाई सहकारी माध्यममा ल्याएर आय आर्जन बढाउन कारोबारका आधारमा रु ७ लाख सम्म कर्जा प्रवाह गरिरहेको अवस्थामा आफ्नो जीवन सहज बनाउन न्यून र कम आय भएका व्यक्तिलाई सहज छ तर यसको तिनै ब्यक्तिले कर्जा नतिरेर अवस्था गम्भीर बनाएको पनि अवस्था छ जुन कुरा आफ्नो क्षमता कति भन्ने ज्ञानको कमी पनि हो यसलाई बुझाउन पनि संस्थाको जिम्मेवारी रहेको छ ।  

– सहकारी संस्थाका छाता सङ्गठनहरूले सहकारी संस्थाहरूलाई कसरी सहयोग गरे सहकारी अभियान मजबुत हुन सक्छ ?
राजनैतिक अवस्थामा आफूलाई उठाउन मात्र प्रयोग नगरी समग्र अर्थतन्त्रको तेस्रो खम्बा सोचेर काम गर्न सके अभियान मजबुत त हुन्छ नै सहकारीप्रतिको नकरात्मक भावना पनि अन्त्य हुने निश्चित छ । सहकारी मजबुत बनाउन अन्तराष्ट्रिय रुपमा पनि सस्तो ब्याज तथा अनुदानमा रकम ल्याएर सस्तोमा सदस्यलाई लगानी गर्न सकिने अवस्था छ तर सरकारले अनुमति दिएको अवस्था छैन यसमा पनि सहकारी छाता सङ्गठनले कार्य गर्नुपर्छ कि भन्ने मेरो व्यक्तिगत धारणा रहेका छ ।

– समस्यामा परेका सहकारी संस्थाको वचतफिर्ता गर्न को वढी जिम्मेवार हुनु पर्ने हो ?

संस्थाका सञ्चालक पहिलो जिम्मेवार हो र त्यसपछि संस्थाको व्यवस्थापक पनि त्यसमा जिम्मेवार रही काम गर्नुपर्छ । समस्या आइसकेका सहकारीमा भने अव सहकारी विभाग र सरकारले सदस्यको बचतको जिम्मेवारी लिनैपर्छ ।

– तपाई कार्यरत संस्थामा सहकारी ऐन २०७४ अनुसार ७० /३० को कारोबार कसरी पुरा गर्ने योजनामा हुनुहुन्छ ?
हामीले यसै वर्ष पशुदाना सम्बन्धी कारोबार थालनी गरेका छौ त्यसैमा कृषि औजारहरू पनि सुरुवात गरिएको छ । यसै वर्ष कृषि बिउबिजन बिक्री वितरणको योजना रहेको र आगामी वर्ष देखि दूध उत्पादनको लागि गाईफर्म र सोही वर्ष प्रसोधन गर्ने गरी आगामी २ वर्ष भित्र बहुउद्देश्यीय विनियम स्वीकृत बमोजिम ७०।३० कारोबार पुरा गर्ने लक्ष्य लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता