एक सफल सहकारीमा सञ्चालकको भुमिका
नेपालको सहकारी इतिहासमा अहिलेको जस्तो आलोचना, सहकारी संस्थाहरूले ब्यहोर्नु सायद परेको थिएन होला । समुदायमा आधारित संस्थाहरू समस्या नभएपनि नाफा मुखी केही संस्थाहरूमा समस्या आउँदा सिङ्गो सहकारी आलोचित भएको छ । सबै संस्थाहरूमा समस्या आएको भने पक्कैपनि होइन । समस्यामा परेको सहकारी हरु आलोचित हुनुका पछाडि धेरै कारणहरू हुन सक्छन

नेपालको सहकारी इतिहासमा अहिलेको जस्तो आलोचना, सहकारी संस्थाहरूले ब्यहोर्नु सायद परेको थिएन होला । समुदायमा आधारित संस्थाहरू समस्या नभएपनि नाफा मुखी केही संस्थाहरूमा समस्या आउँदा सिङ्गो सहकारी आलोचित भएको छ । सबै संस्थाहरूमा समस्या आएको भने पक्कैपनि होइन । समस्यामा परेको सहकारी हरु आलोचित हुनुका पछाडि धेरै कारणहरू हुन सक्छन । त्यसमा सहकारी संस्थाका सञ्चालक पनि एक प्रमुख कारण हो । सञ्चालकरूलाई सहकारी सम्बन्धी ज्ञान नहुनु, जानाजान सहकारी उद्देश्य विपरितका काम गर्नु, सदस्यहरूलाई वढी व्याजको प्रलोभन देखाई सञ्चालक आफैले घर घडेरीको दलाली काम गर्नु । व्यवस्थापन पक्षलाई निर्देशन गर्न नसक्नु । पार्टीको प्रतिनिधि भई आएर सहकारी संस्थाको सञ्चालक हुनु । आफ्नो पार्टीको सञ्चालकमा भागबन्डा लिएर संस्था चलाउने ज्ञान नभई संस्थाबाट व्यक्तिगत लाभ लिन अग्रसर हुनु हो । एकै व्यक्ति दशकौँ सम्म विभिन्न पद ओगटी पद परिवर्तन गर्दे आफ्नै व्यक्तिगत सहकारी झै ठान्ने सञ्चालक भएका संस्था समस्या आएको पाइन्छ । सहकारी सञ्चालनका लागी सदस्यहरूले जिम्मेवार दिएका सञ्चालक समितिले , सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड विभागले जारी गरेका निर्देशन पालन नगर्नु संस्था सञ्चालनका लागि संस्थाको नीति कार्यविधि तयार नपार्नु तयार परेका निर्देशनहरूको पालना नगर्नु प्रमुख कारण हुन ।
"एकै व्यक्ति दशकौँ सम्म विभिन्न पद ओगटी पद परिवर्तनगर्दै
आफ्नै व्यक्तिगत सहकारी झै ठान्ने सञ्चालक भएका संस्थामा
समस्या आएको पाइन्छ।"
सहकारी संस्थाका सञ्चालक कस्तो हुनु पर्छ भनी चर्चा गरौँ ।
१. सहकारी मूल्य मान्यता प्रति प्रतिवद्धता : सहकारी संस्था लोकतान्त्रिक नियन्त्रण वाट सदस्य सहभागिता र समुदायको सरोकार सहित सहयोगका सिद्धान्त र मूल्य मान्यताप्रति दृढ प्रतिवद्धता हुनु पदर्छ ।
२. नैतिक नेतृत्व : सञ्चालक समिति उच्च नैतिक मापदण्डहरूको पालना गर्ने र तिनीहरूको निर्णयमा निष्ठा प्रदर्शन गरि सदस्य र सरोकारवालाहरूको विश्वास कायम राख्न नैतिक नेतृत्व भएको हनु पर्दछ ।
३. वित्तीय ज्ञान : सहकारी संस्था प्रभावकारी शासनको लागि वित्तीय विवरण, बजेट व्यवस्थापन बुझ्न सक्ने । सकारीको वित्तीय स्वास्थ्य र दिगोपन सुनिश्चित गर्न सञ्चालकहरु संग वित्तीय अवधारणाहरूको राम्रो ज्ञान भएको हुनुपर्दछ ।
४. रणनीतिक भिजन : सहकारी संस्थाका चालकहरूसँग रणनीतिक रुपमा सोच्ने र सहकारीको लागि दीर्घकालीन दृष्टिकोणको विकासमा योगदान गर्न सक्ने क्षमता भएको र लक्ष्य निर्धारण गर्ने, योजना बनाउने संस्थाको मिसन पुरा भएको नभएको सुनिश्चित गर्न सक्ने हुनुपर्दछ ।
५. सहकार्य र सहयोग : सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूलाई कामको विभाजन गर्न प्रभावकारी रुपमा काम गर्ने क्षमता भएको । सहकारी निर्णय र प्रकृयाका लागि अन्य निर्देशनहरू, व्यवस्थापन र सदस्यहरूसँग सहकार्य, सहमति निर्णय मा सदस्यहरूको सहभागिता गराउन सक्ने हुनुपर्दछ ।
६. सञ्चार सीपहरू : सहकारी संस्था प्रभावकारी सञ्चालनका लागि सक्रिय रुपमा सबैको कुरा सुन्न सक्ने क्षमता भएको विचारहरू स्पष्ट भएको र विविध सरोकारवालाहरूसँग संलग्न हुने क्षमता सहितको सीप भएको सञ्चालक हुन आवश्यक छ ।
७. जोखिम व्यवस्थापन : एक सहकारीका सञ्चालक भएपनि सहकारीले सामना गर्ने जोखिमहरू पहिचान गरी मल्याङ्कन गर्न सक्षम र जोखिम न्यूनीकरणका लागि रणनीतिक विकास गर्न व्यवस्थापनसँग सहकार्य गर्न, कानुन र सहकारी सम्बन्धी अन्य जोखिम बुझ्न सक्ने हुनुपर्दछ ।
८. समस्या समाधान गर्ने सीपहरू : सहकारी संस्थामा संस्थाका चुनौतीहरू उत्पन्न हुन्छन नै । सञ्चालक समितिहरूले समस्या समाधान गर्न प्रभावकारी भूमिका खेली यस्तो परिस्थितिहरूको विश्लेषण गरि वैकल्पिक समाधानहरू निकाल्न र भविष्यमा यस्तो चुनौती उत्पन्न हुन नदिने खालका रणनीतिहरू निर्माण गर्न सक्ने हुनु पर्दछ ।
९. व्यवस्थापनसँग सहकार्य : संस्थाको एक प्रमुख पाटो व्यवस्थापन पक्ष हो । व्यवस्थापन पक्षलाई नीति विधि र प्रविधि मार्फत संस्थालाई अगाडि बढाउन सहकार्य आवश्यक छ । सञ्चालक समिति व्यवस्थापन लाई निर्देशन दिन सक्ने हुनु पर्दछ तर अहिले व्यवस्थापनले सञ्चालकलाई निर्देशन गरिएको पाइएका संस्थाहरूमा समस्या आएको पाइन्छ ।
यि वाहेक सञ्चालक समितिले सहकारीको वकालत गर्न सक्ने, वाह्य सरोकारवालासँग सम्बन्ध निर्माण गर्न सक्ने, नयाँ चुनौतीहरूसँग अनुकुलन गर्न सक्ने, समावेशी वातावरणलाई वडवा दिने खालको कानून र सुशासनको ज्ञान भएको । नयाँ कुरा खोजीगर्न तथा सिक्न चाहने हुन आवश्यक छ ।
यी गुणहरूले सामूहिक रुपमा सहकारी संस्थाका सञ्चालक समिति बलियो र नैतिक नेतृत्व प्रदान गर्न र सहकारी संस्थाहरूको सफलता र दिगोपनमा योगदान पुर्याउँछ । कतिपय सहकारीको प्रकृतिको आधारमा अन्य विशिष्ट आवश्यकताहरू पनि भिन्न हुन सक्दछ ।
What's Your Reaction?






