बचत तथा ऋण सहकारीहरु अभ्यास र सदस्य सेवाको सन्दर्भमा सबै सहकारीहरुको पनि जननी मान्न सकिन्छ । नेपालका सहकारी अभियन्ताहरु सबैले बचत तथा ऋण सहकारीहरुलाई सहकारी अभियानको एक महत्वपुर्ण क्षेत्रको रुपमा स्वीकार गरेको पाइन्छ । सामान्यतया बचत तथा ऋण सहकारीहरु वित्तीय सहकारीहरु हुन् तर नेपालको सन्दर्भमा सहकारीका सेवाहरुलाई राज्यका अरु ऐन तथा कानुनी व्यवस्थाहरुले औपचारिक वित्तीय सेवाको रुपमा स्वीकार गरेको छैन । यो यती लामो सहकारीको ईतिहाँसमा अभियानको कमजोरी र राज्यको उपेक्षा गर्ने प्रवृति जिम्मेवार हो भन्नु कुनै अनौठो कुरा होइन । सहकारीहरुको संख्यात्मका विकास, सरकारका नियामकीय क्षमता, समुदायकोको आजको आवस्यकता र बचत तथा ऋण सहकारीहरुको आजका सेवाहरुमा अवश्य तालमेल मिलेको छैन । बचत तथा ऋण सहकारी अभियान स्वयंसेवीहरुको पवित्र भावनामा सदस्यहरुको समुहिक हितमा आधारित भइ एकका लागि सबै र सबैका लागि एकको भावनामा सञ्चालन हुने सामुहकि स्वामित्वको उद्यम हो ।
सहकारी ऐन २०७४ का अधिकांस व्यवस्थाहरु बचत तथा ऋण सहकारीहरुको व्यवस्थापनमा आधारित भएर आएको छ तर बचत तथा ऋणको आधारभुत सन्दर्भहरुकोलाई पुर्ण रुपमा स्वीकार गरिएको छैन । नियन्त्रणमुखी ऐन आयो यस्तो हुनुमा सरकार जिम्मेवार होला त्यो भन्दा बढि जिम्मेवार सहकारी अभियानका नेतृन्व जिम्मेवार छ । विस्व भरि छरिएर रहेको बचत तथा ऋण सहकारी अभियान वित्तीय सेवाको दृष्टिकोणमा उत्कृष्ठताको नमुना हो तर आज बचत तथा ऋण सहकारीहरुको नेपालमा जुन किसिमको छवी हुनु पर्ने थियो त्यही स्तर अनुसारको छैन । अभियानको छवी कमजोर हुनुमा सरकार भन्दा अभियानकर्मीहरु नै बढि जिम्मेवार देखिन्छ । बचत तथा ऋण सहकरारी अभियानमा सामुहिकता भएन । आकाशका तारा टिप्ने कुरा गर्ने तर काम र अभ्यास शुन्य हुनु सबै भन्दा चिन्ताको बिषय हो । बचत तथा ऋण सहकारी अभियानको नेतृत्व व्यवहारीक र अभियानमा समस्या समाधन गर्न सक्षम नहुनु आजको गम्भिर समस्या होर यही समस्याको कारण आज साकोस अभियान डर त्रास भित्र रहेको छ ।
बचत तथा ऋण सहकारी अभियान स्वावलम्वनको प्रतिक हो । सहकारीका सदस्यहरु मात्र होइन नेतृन्व पनि स्वावलम्वि हुन आवश्यक छ तर बचत तथा ऋण सहकारी अभियानमो यो समस्याको रुपमा देखिएको छ । अभियानको नेतृन्व स्वावलम्वि छैन । जिवनभर कुनै दिन पनि रोजगरी नगरेका सहकारी अभियानमा भाषण गरेको भरमा करोडपती बनेका अभियान कर्मीेहरुको जीवनपद्धतीले सहकारीता भित्रको स्वावलम्वी भावना मरेको छ भने अभियानको नेतृन्वको व्याक्तिगत सम्पत्ति छानविन गर्न विभागको निर्देशन आउनु लज्जास्पद हो । यसवाट राज्यले अभियान जिम्मेवार हुन्छ भन्ने कुरामा विस्वास गरेर जसले गर्दा बचत तथा ऋण सहकरारीहरुको छवी सरोकारवालाहरुमा समेत कमजोर सावित भएको पाइयो ।
बचत तथा ऋण सहकारीहरु समुदायको अभिन्न संस्थाको रुपमा विकास हुंदै गएको पनि छ तर अभियान भित्र पनि समस्याहरु देखिएका छन् । सिद्धान्त परिपालनामा कमजोरी भएको छ । सिद्धान्त भन्दा वाहिर रहेका अभियानकर्मीहरुको कारण अभियान कमजोर भएको छ तर अझ पनि नेतृत्व अभियानलाई शुद्धता विकासमा अग्रसर बनाउन नेतृन्व गर्नुको साटो राजनीतिक पृष्ठपोषणमा काम गरेको भान हुन्छ । अभियान सुधार गर्ने जिम्मा लिने विकास गर्ने अनवतर सहजिकरण र पैरबी नेतृन्वको काम हो तर आजको नेतृन्वमा त्यो पाउन सकिएन यो यती ठुलो अभियानको बिडम्बना हो । विगत चार बर्षमा अभियानले भोगेको क्षतिको परिपुरण सजिलो छैन तर नयाँ नेतृन्व अव त्यसैका लागि तयार हुनु पर्दछ र अभियानको गरिमा पुरानै अवश्थामा फर्काइनु पर्दछ ।
विस्व ऋण परिषदले सन् सत्तरी कै दशकमा बचत तथा ऋण सहकारीका सञ्चालकहरुको आधारभुत काम र अभ्यासको सन्दभमा विभिन्न प्रकाशनहरुमा उल्लेख गरेको थियो । बचत तथा ऋणका सहकारी नेतृन्वले गर्ने काम देहाय बमोजिम रहेकाछन् ।
पहिलो कामः बचत तथा ऋण सहकारीहरुमा सञ्चालक समिति वा नेतृत्वले गर्ने भनेको निर्णय केन्द्रको रुपमा काम गर्ने हो । सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर संस्थाको व्यवसायिक हित केन्द्रीत भई सामुहिका भावनाको आधारमा निर्णय गर्न प्रमूख निर्णय केन्द्रको रुपमा काम गर्न सक्नु पर्दछ । सही समयमा सही निर्णय हुन सकेन भने अभियान धारासाही हुन सक्दछ । अभियानको नेतृन्व अभियान बचाउन ज्यादै महत्वपुर्ण हुन्छ । निर्णय केन्द्रको रुपमा रहेको नेतृत्व राजनीति आस्था वा आर्थिक प्रलोवनको आधारमा निर्णय गर्ने स्तरमा पुग्यो भने सहकारी अभियान जिवन्त रहन सक्दैन । आजको अभियानको नेतृन्वको विरासर राजनीतिक र मनासय आर्थिक लाभ देखिएको छ । आज नेतृन्वले अभियानमा खेलेको भुमिका पद प्राप्तीका लागि प्रचारको साधनको रुपमा स्थापित गरेको पाइएको छ । आसेपासे वा राजनीतिक आस्थाका आधारमा व्यवहार हुंदा निर्णय केन्द्र कमजोर भएको छ । आजको अभियानको नेतृत्वमा राजनीतिको धमिरा लागेको छ । अभियान भन्दा माथि राजनीति भएको छ । पद संरक्षणको आधार राजनीति बन्न गएको छ त्यसैले नेतृन्वले गर्ने निर्णय अभियान संरक्षणमा होइन राजनीतिक हित सरक्षणमा गरेको स्पष्ट भएको छ । आज अभियानको स्रोतमा राजनीतिक कर्मीहरुको रजाँई भएको अनुभुती भएको छ तर अभियानको निर्णयकर्ताको नेतृन्व मुकदर्शक,किं कर्तव्य विमुढ र अनिर्णयको बन्दी बनेको छ । यसरी लाखौ जनताको बचत संरक्षण हुन सक्दैन । अभियानको नेतृन्वले प्रमूख निर्णयकर्ताको रुपमा अभियानको संरक्षणमा निर्णय गर्न सक्षम हुनु पर्दछ ।
बचत तथा ऋण सहकारी अभियानको संरक्षण गर्ने हो भने केन्दी्रय नेतृन्व स्पष्ट हुन आवस्यक छ । प्रमूख निर्णयकर्ताको रुपमा राज्यका सहकारी नीति निर्माणमा भुमिका देखाउन नसक्ने र अभियानलाई एकसुत्रमा बाँधेर लैजान नसक्ने नेतृत्वले पद लिनु भनेको बचत तथा ऋण सहकारी अभियानलाई असुरक्षित बनाउनु हो । भएको छवीलाई धारासाही बनाउनु हो अव अभियानको नेतृत्वलाई जिम्मेवार र अभियान मुखि बनाउन निर्णय गर्ने ढिला भइ सकेको छ ।
दोस्रो कामः बचत तथा ऋण सहकारीको नेतृन्व नमुना योग्य हुन आवश्यक छ । नेतृन्वले गरेको काम अनुकरणीय हुन आवस्यक छ । अभियानले चाहेको काम नमुना योग्य रुपमा गर्नु सहकारी नेतृन्वको जिम्मेवारी हो । परम्परागत रुपमा प्रसासनीक कार्यहरुको सम्पादन गर्नु नेतृन्वको काम होइन । बचत तथा ऋण सहकारी अभियानको सवाल तथा अपेक्षाहरुमा नेतृन्वको भुमिका उदाहरणीय हुन आवस्यक छ तर विडम्वना बचत तथा ऋण सहकारीको हालको नेतृन्वले कुनै नमुना कार्यहरु सम्पादन गर्न सकेको छैन । स्थिरीकरण कोष, एकिकरण, सञ्जालका सेवाहरुको उपयोग, मानव संशाधन व्यवस्थापनमा नेतृन्व कमजोर भएको छ । भएका उपलब्धिहरुमा क्षयीकरण भएको छ । नेतृत्वले गरेको काम अनुकरणीय देखिएको छैन । अभियानको स्रोतहरु अभियानले नै प्रतिफल पाउने गरी उपयोग भएको विस्वास गर्ने आधार देखिएको छैन । नमुना योग्य कामको इतिहाँस नभएका नेतृत्वको समस्या अभियानले आज भोगी रहेकोछ । सहकारी ऐन कार्यान्वयन भएको छैन । सहकारी जागरण र संस्कार नभएको विना त्यागको नेतृत्वले अभियानको संरक्षण गर्न सक्दैन भन्ने सिद्ध भएको छ ।
तेस्रो कामः सहकारी नेतृन्वको अर्को महत्वपुर्ण कार्य भनेको परामर्शकीय कार्यहरु हुन् । अभियानका सदस्यहरुको संरक्षणका लागि व्यवस्थापन र सदस्यहरुलाई आवस्यक सहकारी परामर्श गर्नु जिम्मेवारी भित्रको बिषय हो । सुशासीत पारदर्शि नेतृन्ववाट मात्र यस्ता कामहरु सम्भव हुन सक्दछन् । आर्थिकमन्दी र कोभिडको विकराल समस्याका समयमा नेतृत्व देश विदेशको यात्रामा देखियो तर बन्द भएको संस्थासंग नेतृत्व परामर्शमा सक्रिय भएन । ठुला ठुला मञ्चहरुमा खादामा मालामा मात्र देखिने नेतृत्व र गरिने भाषणले अभियान संरक्षण हुन सक्दैन । अभियानलाई संरक्षण चाहिएको छ । अविभावक चाहिएको छ । सरकार अभियान मैत्री कम नियन्त्रणमुखी बढि छ । यस्तो समयमा नेतृत्वले अभियानको भावि कार्यदिशाको सन्दर्भमा आवस्यक परामर्श गर्न नसक्दा आज छाता संस्थाको आवस्यकता किन भन्ने स्तरमा पुगेको छ । कार्यक्षेत्र, सेवा केन्द्र, विनियम संशोधन मात्र होइन स्थानीय, प्रदेश र संघ सबै ठाऊमा दिनानु दिन समस्या बढ्दै गएको छ । अभियानमा दरार सृजना भएको छ । संघले आवस्यक परामर्श गर्न सकेको छैन ।
चौंथो कार्यः निरन्तरता दिने कार्य नेतृन्वको मुल कार्य भित्र पर्दछ । अभियानका सयौं सदन्र्भहरु छन् जसको अभियान संरक्षणका लागि आज निरन्तरता आवस्यक छ । साधारण सभा समेत तोकेको समयमा सम्पन्न गर्ने कार्यको निरन्तरता दिन नसकेको नेतृन्व अभियानको पुन नेतृत्व लिन साम दाम दण्ड भेद को उपयोगमा ओर्लिएको छ । अभियानले दुःखका दिनमा आर्जेका संस्कारहरु विलिन भएको पाइन्छ । साकोस संस्कृति निर्माणकर्मीहरु किनाराका साक्षि मात्र भएर टुलुटुलु हेर्न बाध्य हुनु परेको छ । अभियानकर्मीको सम्मानजनक वातावरण विग्रीएको छ । समाबेशी अर्थव्यवस्था मार्फत समाजवाद उन्मुख समाज निर्माणको आधार बचत तथा ऋण सहकारीहरुमा आफ्नै संस्कारको निरन्तरताको आवस्यकता छ । सहकारी स्थापनाको ध्येय निरन्तरता हुन सकेको छैन । नेतृन्व लिनेहरुले यसमा जिम्मेवार भएको भान भएको छैन । नेतृत्वको समान्य प्रक्रिया मार्फत निरन्तरताको तयारी वर्तमानमा पदासिन नेतृन्वको नै हुने गर्दछ ।
पाँचौ कार्यः सम्बद्र्धनात्मककार्यहरु नेतृन्वको महत्वपुर्ण कार्य हो । नेतृत्वले उपयोग गरेको स्रोतको औचित्व पुर्ण हुनु पर्दछ तर स्रोत उपयोग अभियानको हित वाहिर पनि भएको देखिएको छ । बचत तथा ऋण सहकारीको नेतृन्वको ऋण भाखा नाघेको दिन पनि यसै अबधिमा देख्नु पर्यो । अभियानको स्रोत र साधन नितान्तै पारिवारिक हितमा उपयोग भएको पनि देखियो । अभियानको सम्बद्र्धनका लागि नेतृन्वका कार्यहरुको भएको पाइएन । सहकारी ऐन स्वीकार गरेको व्यवस्थाहरु समेत कार्यान्वयन मार्फत अभियान प्रबद्र्धन गर्न असक्षम भएका नेतृन्वले अभियानको संरक्षण हुन सक्दैन । वर्तमान सहकारी अयिभानको प्रबद्र्धन र संरक्षणको जिम्मा नेतृन्वको हो तर नेतृन्व शक्ति र स्रोतको दुरुपयोगमा चुर्लुम्म ठुबेको छ कसरी अभियानको छवी राम्रो बनाउन सकिन्छ ?
बचत तथा ऋण सहकारीताको संरक्षण आजको आवस्यकता हो । अभियानको संरक्षणका लागि परिवर्तनकारी नेतृत्वको आवस्यकता छ । वर्तमान नेतृन्वले सहकारी नेतृत्वले गर्नु पर्ने कुनै पनि काम गरेन वा अभियानको अपेक्षा बमोजिम गरेन । त्यसैले सहकारी मार्फत राज्य र समाजले गरेको अपेक्षा पुरा गर्न नेतृत्व परिवर्तन आवस्यक छ जसले सहकारीलाई सहकारीकै रुपम विकास गर्न योगदान गर्न सकोस् ।
वास्तवमै भन्नुपर्दा कुनै पनि निकायमा केहि व्यक्तिहरुले चाहेर परिवर्तन गर्न सक्दैनन जव सम्म यौटै टीममा रहेका व्यक्तिहरुवीच आपसी सहकार्य, सदभाव, समन्वय र जिम्मेवारी बोध गरिदैन ।
एम .ए. ग्रामीण विकासमा प्रथम श्रेणीमा उत्तीर्ण गरि विगत ३० वर्ष देखि सहकारी क्षेत्रमा आवद्ध हुनुहुन्छ । सहकारीकै सन्दर्भमा विदेशमा समेत तालिम तथा भ्रमण गर्नुभएका अधिकारी नेफ्स्कुनको उच्च व्यवस्थापनमा रहि १९ वर्ष काम गर्नुभएको थियो । नेपालको सहकारी अभियानलाई राम्रो सँग बुझ्नु भई सहकारीको जन सम्पर्कमा अब्बल तथा सहकारी विश्लेषक, लेखकका रुपमा एक कुशल सहकारी विज्ञ हुनुहुन्छ ।