सहकारी संस्था र संस्थाका सदस्यले वुझ्नै पर्ने कुरा
सहकारी पाना । आफ्ना आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वच्छिकरुपमा एकजुट हुने व्याक्तिहरुको स्वंयत् संगठन सहकारी, आफैमा...

आफ्ना आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वच्छिकरुपमा एकजुट हुने व्याक्तिहरुको स्वंयत् संगठन सहकारी, आफैमा अति सुन्दर शव्द भएर पनि हाल नेपालको परिप्रेक्षमा एक दुई वटा सहकारी संस्थका कारण नागरिकले सहकारीलाई पहिलेझै विश्वास गर्न छाडिसकेको अवस्था रहेको छ ।
सहकारी विभागले आम नागरिकलाई दिएको जानकारी अनुसार :
१. संस्थाले समयमा नै साधारण सभा गरेको छ, छैन ?
२. सवै सदस्यहरुलाई समान व्यवहार गरेको छ, छैन ?
३. ऋण लगानी कुन कुन क्षेत्रमा गरेको छ ?
४. नियमक निकायले सन्दर्भ व्याजदर कति तोकेको छ ?
५.ऋण लगानी गर्दा सदस्य र सञ्चालकलाई लिने व्याजदर फरक छ, कि समान छ ?
६. ऋण लगानीवाट प्राप्त हुने व्याज समयभित्र नवुझाउदा साँवामा जोडेर त्यसमा पनि व्याज लिएको छ कि ?
७. सहकारी विभागले लागु गरेको कोपोमिसमा आवद्ध भएको छ, कि छैन ?
यी कुरा मध्यनजर गर्दे सहकारी संस्थाको सदस्य वन्न सके मात्र पनि आम नागरिकको सहकारी प्रतिको धारणा सकारात्मक हुनुका साँथ सहकारी ठगी हुने समस्याबाट मुक्त हुन्छ ।
पहिलो कुरा, सहकारी संस्थाका सदस्यहरु नै सचेत भए सहकारी संस्था सफल हुन सक्दछ । सदस्यले उच्च वचतको व्याज प्रलोभन, सहज ऋण प्रकृया मात्र हेरेर सहकारीको कारोवार गर्नु हुदैन । सहकारी संस्थाका सदस्यहरुले सक्रिय सहभागी भई त्यसवाट लाभाम्भित हुनका लागि आफु सदस्य भएको संस्थाका विभिन्न पक्षवारे राम्ररी वुझ्न आवश्यक छ ।
हामी कुनै सहकारी संस्थाको सदस्य वने पछि संस्थाको वित्तिय विवरण हेर्ने वाँनी गर्नु एक जिम्मेवार सदस्यको भुमिका हुन आउछ । संस्थामा सदस्यले गरेको वचत कहा छ, भनि हेर्नु, संस्थाको वचत निक्षेप वरावर ऋण लगानी छ छैन ? संस्थाको फरकता दर कति छ, सदस्यलाई वितरण गरिएको ऋणको व्याज जतिकै वा सो भन्दा वढिको प्रलोभन देखाउने किसिमको व्याज भएको छ की ? वचत र ऋण को फरक (फरकतादर) ६ प्रतिशत भन्दा वढि भएको संस्थामा कारोवार नगरौ ।
यि विषयमा आफु जानकार नभएको अवस्थामा जानकार व्याक्तिहरुलाई वा संस्थामा वुझौ । सदस्यहरुले आफ्नो पहुच भएको स्थान, आफुले चुन्न सक्ने, आफुपनि चिनिन सक्ने प्रावधान भएको र चिनजान भएका सञ्चालक भएको संस्थामा कारोवार गर्ने गरौ ।
१. सहकारी सिद्धान्त : सदस्यहरुले सहकारीका सिद्धान्तसँग परिचित हुनुपर्दछ । जसले सहकारी सञ्चालनलाई मार्ग निर्देशन गरेको हुन्छ । स्वैच्छिक र खुल्ला सदस्ता, प्रजातान्त्रिक सदस्य नियन्त्रण, लगायतका विषय वस्तु समेटिएका हुन्छन ।
२. वियिम, नीति तथा कार्यविधि : सदस्यहरुले सहकारीको विनियम, नीति र कार्यविधिहरु अध्ययन गर्न जरुरी छ । जसले सहकारीको संरचना, यसका उदेश्यहरु र सदस्यहरुको अधिकार र जिम्मेवारीहरुलाई रेखाङ्ंकित गर्दछ ।
३. भुमिका र जिम्मेवारीहरु : सहकारी सदस्यहरुले आफ्नो भुमिका र जिम्मेवारीवारे सचेत हुनुपर्दछ । सभाहरुमा भाग लिने, निर्णय गर्ने प्रकृयाहरुमा भाग लिने र सहकारी सफलतामा योगदान दिने कुरा समावेश गर्दछ ।
४. वित्तिय कार्यहरु : सदस्यहरुले वित्तिय पक्ष वुझ्न महत्वपुर्ण छ । सहकारी संस्थामा भएका कारोवार कहा कसरी प्रयोग गरिएका छन । नाफा फाँडफाँड कसरी गरिन्छ र वित्तीय निर्णयहरु कसरी गरिन्छ भन्ने कुरा सदस्यहरुलाई थाहा हुनु जरुरी छ ।
५. मतदान अधिकार : सदस्यहरुले सहकारी भित्र आफ्नो मतदानको अधिकार जान्न पर्दछ ,जसमा चुवामा कसरी भाग लिने, नीति नियम परिवर्तका प्रस्ताव गर्ने र सञ्चालक समित, लेखा सुपरिवेक्ष समिति छान्ने,छानिने र महत्वपुर्ण विषयमा मतादान गर्ने ।
६. शासन : सहकारी संस्थाहरु सदस्यहरु मार्फत सञ्चालक समिति वा उपसमितिद्धारा शासित हुन्छन । सदस्यले शासन संरचनाले कसरी काम गर्छ, कार्यविधि तथा निर्देशिका कसरी चयन हुन्छन र शासन प्रकृयामा कसरी भाग लिन सकिन्छ भन्ने वुझ्नु पर्दछ ।
७. शहकारी शिक्षा : सहकारी सदस्यहरुले सहकारी कसरी सञ्चालन हुन्छ, यसका नीति नियम केमा आधारित भई तयार हुन्छन, सदस्यहरुले कसरी संस्थावाट अधिकतम फाइदा दिन सकिन्छ र वित्तिय ज्ञान लिनका लागि सदस्यहरुले सहकारी शिक्षामा सहभागिता जनाई फाइदा लिन पर्दछ ।
८. सामाजिक प्रभाव : सदस्यहरुले समुदायमा सहकारीको भुमिका र सकारात्मक सामाजिक र आर्थिक प्रभावको सम्भावनालाई वुझ्नुपर्दछ । यसले स्थानीय रोजगार सिर्जन गर्न, स्थानीय उत्पादनहरुलाई वढ्वा दिन र समुदायको विकासमा योगदान दिन सक्छ । यदि सहकारी वातरवणीय प्रभाव पार्ने गतिविधिहरुमा संलग्न छ, भने सदस्यहरुले नकारात्मक वातावरणी प्रभावलाई कम गर्न कसरी योगदान गर्न सक्छ भन्ने कुरा वुझ्नपर्दछ ।
९. कानुनी दायित्वहरु : सदस्यहरुले आफ्नो सहकारीसँग सम्वन्धित कुनै पनि कानुनी दायित्व र अधिकारहरु वारे सचेत हुनु पर्दछ । यसमा कानून अन्तरर्गत कर, दायित्व र सुरक्षा समावेस भएका हुन्छन ।
१०. सञ्चार : सहकारीमा प्रभावकारी सञ्चार आवश्यक छ । सदस्यहरुलाई सहकारीले आफ्ना सदस्यसँग कसरी सञ्चार गर्दछ र त्यस सञ्चारमा सदस्यहरुको सहभागिता हुने खालको माध्यममा सहभागि भई सचेत हुन आवश्यक छ ।
यी पक्षहरु वुझेर, सदस्यहरुले आफ्नो संस्थामा सक्रिय रुपमा संलग्न हुन सक्छन । यसले संस्थाको सफलतामा योगदान दिन सक्नका साथै सदस्यहरुले अधिकतम लाभ पनि लिन सक्छन ।
दोश्रो कुरा, सदस्यहरुवाट प्रजातान्त्रिक विधिवाट चुनिएका केही सहकारी संस्थाका सञ्चालकहरुले, सदस्यहरुको हितमा हुने काम गर्न नसक्नु, सदस्यको वचत रकमलाई घर जग्गा तथा अन्यत्र लगानी गर्नु, संस्थाको व्यवसाय भन्दा फरक तरिकाले संस्था सञ्चालन गर्नु , सञ्चालकहरुले सदस्यहरुलाई योजना वनाएर सहकारी शिक्षा दिन नसक्नु । सदस्यको वचतको रकम नै सदस्यहरुलाई लगानी गरिएको हुन्छ, सवै सदस्यहरुको वचत फिर्ताको माग आए कुनैपनि सहकारी संस्थाले फिर्ता गर्न सक्ने आवस्था रहदैन । नगदमा किन्ने अनि उधारोमा लगानी गर्ने वचत तथा ऋण सहकारी संस्थाहरुले अझ वढि सदस्य शिक्षा मार्फत संस्था कसरी सञ्चालन हुन्छ भन्ने जानकारी गराउन आवश्यक छ । अनावश्यक प्रलोभन देखाएर सदस्यहरुलाई वचत तथा ऋणको कारोवार गर्न लगाउने सञ्चालकहरु पनि जिम्मेवार छन ।
अर्काे, महत्वपूर्ण जिम्मेवार भनेको नियमक निकाय नै हो । सहकारी ऐन २०७४ ले सहकारी नियमक निकाय परिवर्तन गर्नु र सहकारी ऐनले सहकारी हेर्ने जिम्मा स्थानिय तह तथा प्रदेश सहकारीलाई जिम्मा दिदा संघियता तथा पालिका स्तरमा सहकारी नियमक निकायहरु तयार नहुनु यसको प्रमुख कारण हो ।
अझै पनि कतिपय स्थानिय निकायमा सहकारी हेर्ने निकाय तयार भएको छैन । भएका निकायहरुलाई पनि सहकारी संस्थालाई नियमन गर्ने सक्ने अवस्थामा छैनन । सहकारी हेर्ने नियमक निकायलाई सहकारी सम्वन्धि जानकार नै नभएको अवस्थामा सहकारी संस्थाहरुले नियमक निकायलाई वुझाउनु पर्ने प्रतिवेदन समेत कतिपय संस्थाले नवुझाएको पाईन्छ । सहकारी ऐन २०७४ अघि डिभिजन सहकारी संस्थाहरुलाई कम्तिमा मासिक विवरण मात्र भएपनि वुझाउने संस्था हाल कुनै पनि नियमक निकायमा कुनै प्रतिवेदन वुझाएका छैनन । सहकारी संस्था भनेको समान उदेश्य भएका व्यक्तिहरुको स्वंयत् संस्था भएकाले एक ठाउमा मुख्य कार्यालय अनि विभिन्न ठाँउमा कर्मचारीलाई टारगेट दिई शाखा कार्यालय खेल्ने संस्थाहरुलाई नियमक निकायले वढुवा दिएको देखिन्छ । समान उदेश्य भएका अन्य संस्था भएका ठाउमा यस्ता शाखा कार्यालयहरु वैंक शैलीमा खोलिनु सहकारीको अर्काे प्रखुख समस्या हो ।
सहकारी अभियान कर्मीहरुले संघ संस्थाहरुलाई नीति, विधी र प्रविधि सम्वन्धि ज्ञान प्रदान गरी संस्थाले गरेको कारोवारको शुक्ष्म अध्ययन गरी गलत बाटोमा हिडेका सहकारीहरुलाई सहीमार्गदर्शन दिई संस्था रहे मात्र सहकारी अभियान रहने कुरा मध्य नजर गर्न आवश्यक छ । सहकारी अभियानकर्मीहरु पार्टीबाट निर्देशित नभई संस्थाको हितको लागि काम गर्नु आवश्यक छ ।
कतिपय संस्थामा वचत राख्दा वा ऋण लिदा मात्र सदस्य वन्ने नाफा वाढफाडको समयमा ऐन नियममा नभएको संस्थागत सदस्यहरु भनेर लाभांश वितरण गर्ने संस्थाहरु पनि हामी कहाँ छन । यी संस्थाहरुमा नियमन गर्ने निकाय पनि यो विषय वस्तु देख्दैन । नीति नियम वनाउने पहुच मा भएका अभियानकर्तालाई सहकारी र वैंक विचतको फरकता तथा वैंक उकासी सहकारी उधोगति लगायने नीतिकार पनि उतिकै जिम्मेवार छन ।
अतः सहकारी भनेको सहकार्य वा सगै मिलेर काम गर्ने तपाईको सिर्जना हो । सदस्य सहकारीका मालिक हुन । मालिकले नै घर कस्तो वनाउने निर्णय गर्ने हो । तपाई सहकारी संस्थाको मालिक वन्नुहोस । सहकारीका सदस्य वैंकको ग्राहक जस्तो नबन्नुहोस ।
जय सहकारी
What's Your Reaction?






