जनउत्थान साकोस र चण्डेश्वरी साकोसले पाए एक्सेस सिल्भर ब्राण्ड
सहकारी पाना । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि। र काभ्रेको बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि...
सहकारी पाना । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र काभ्रेको बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त गरेका छन् । एशियाभरबाट जम्मा ४ वटा कोअपरेटिभले एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएकोमा नेपालबाट २ वटाले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् ।
एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा काठमाडौंको द होटल सोल्टीमा भएको अक्कू फोरम २०२३ को ग्राण्ड ओपनिङ सेरेमोनिका अवसमा अक्कूका अध्यक्ष योकसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोकेले ब्राण्ड प्रदान गर्नुभएको हो
ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सो को आधारमा सुपरिवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात प्रमाणीकरण गरिने यस गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तिमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो ।
अक्कूको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्रायोजनमा अक्कू फोरम २०२३ नेपालमा आयोजना भएको हो । त्यसैगरि फोरममा फिलिपिन्सको तगुम कोअपरेटिभ र इण्डोनेशियाको सांसबेरङ कोअपरेटिभले एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरेका छन् ।
तस्वीरः साकोस आवाज
What's Your Reaction?


