नयाँ दिल्लीमा “अन्तर्राष्ट्रिय सहकारी सम्मेलन” हुने

सहकारी पाना । अन्तर्राष्ट्रिय सहकारी गठबन्धन (आईसीए) ले १३० वर्षपछि पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा “आईसीए–अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४” को आयोजना गर्ने भएको छ...

२०८१-०६-२५
 0  54
नयाँ दिल्लीमा “अन्तर्राष्ट्रिय सहकारी सम्मेलन” हुने

सहकारी पाना । अन्तर्राष्ट्रिय सहकारी गठबन्धन (आईसीए) ले १३० वर्षपछि पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा “आईसीए–अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४” को आयोजना गर्ने भएको छ । उक्त आयोजनाको सम्बन्धमा अहिलेदेखि नै विश्वब्यापी चर्चापरिचर्चा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय सहकारी गठबन्धनको महासभा र विश्वव्यापी सहकारी सम्मेलन २०२४ नोभेम्बर २५ देखि नोभेम्बर ३० सम्म नयाँ दिल्लीमा हुने सम्मेलनको नारा “सहयोगले सबैका लागि संमृद्धिको सिर्जना गर्छ” भन्ने रहेको छ । 

उक्त भेलाले विश्व सहकारी अभियानको ध्यान खिच्ने देखिन्छ । जसका कारण उक्त सम्मेलनको बारेमा अहिलेदेखि नै चर्चापरिचर्चा सुरु भएको छ । कतिपयले उक्त अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा आफ्नो सहभागिताको लागि नाम दर्ता गराइसकेका छन, त कतिपयले दर्ताको लागि तयारी पनि गर्दैछन ।

सम्मेलनले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सहयोग वर्ष २०२५ को औपचारिक शुभारम्भ पनि गर्नेछ । विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन् । सोही कारण हाम्रो छिमेकी मुलक भारत विश्व सहकारीको ध्यान खिच्न सफल भएको छ । 

उक्त सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु हुने सम्भावना रहेको कुरा पत्रकार सम्मेलनमा बताईको छ । सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुने बताइएको छ, भने उक्त अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा भारतीय गृह एवम् सहकारी मन्त्री अमित शाह लगायतको पनि उपस्थिति रहने प्रबल सम्भावना रहेको पनि बताईएको छ ।

एक स्मरणात्मक हुलाक टिकट पनि जारी गरिनेछ !
केन्द्रीय सहकारी सचिव डा.आशिष कुमार भुटानी,आईसीएका महानिर्देशक हेरोन डगलस र इफ्को लिमिटेडका प्रबन्ध निर्देशक डा.यु.एस.द्धारा उक्त कार्यक्रमहरूको विवरण संयुक्त पत्रकार सम्मेलनमा दिइएको जनाईएको छ । यस वर्षको महान सम्मेलनको विषयवस्तुको सुनौलो उपहारका साँथै एक स्मरणात्मक हुलाक टिकट पनि जारी गरिने बताईएको छ । 

विश्वभरका सहकारी संस्थाहरूको एक चौथाइ हिस्सा भारतमा रहेको छ । जसका कारण विश्व अर्थतन्त्र अनि विश्व सहकारी मञ्चमा भारतको प्रभुत्व बढिरहेको पनि मानिएको छ । विश्वका तीन सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन् ।

सोही कारण हाम्रो छिमेकी मुलक भारत विश्व सहकारीको ध्यान खिच्न सफल भएको छ । जसका कारण नेपालमा पनि यसको थोरबहु चर्चा परिचर्चा र चासो पनि उत्तिकै बढ्दैछ । सम्मेलनको उद्घाटन कार्यक्रम बारे भने अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता