सहकारी संस्थाका लागि २४ बुँदे विशेष निर्देशन जारी
कोशी प्रदेशले सहकारी संस्थामा वित्तीय अनुशासन, सुशासन र सदस्यको बचत सुरक्षालाई सुदृढ बनाउन २४ बुँदे विशेष निर्देशन जारी गरेको छ। निर्देशन उल्लंघन गर्ने संस्थामाथि कानुनबमोजिम जरिवाना तथा आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।
कोशी प्रदेशका सहकारी संघ–संस्थाको वित्तीय अनुशासन, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित कारोबारलाई थप व्यवस्थित बनाउन प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीले २४ बुँदे विशेष निर्देशन जारी गरेको छ। निर्देशनमा सहकारीको लेखापरीक्षण तथा साधारणसभा समयमै सम्पन्न गर्नुपर्ने, ऋण असुली प्रभावकारी बनाउनुपर्ने, कर्जा जोखिम कोषको व्यवस्था, तरलता कायम गर्नुपर्ने, सदस्यको बचत सुरक्षित राख्नुपर्ने, स्वीकृत उद्देश्यअनुसार मात्र कारोबार सञ्चालन गर्नुपर्ने लगायतका विषय समेटिएका छन्। त्यसैगरी कोपोमिसमा नियमित विवरण अद्यावधिक, दोहोरो सदस्यता अन्त्य, सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था पालना, उत्पादनमुखी क्षेत्रमा ऋण लगानी, सञ्चालक तथा कर्मचारीको जवाफदेहिता लगायतका विषयमा समेत कडाइ गरिएको छ। निर्देशन उल्लंघन गर्ने सहकारी संस्थालाई कानुनबमोजिम जरिवाना तथा आवश्यक कारबाही गरिने जनाइएको छ। नियामक कार्यालयले सबै सहकारी संस्थालाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
Files
What's Your Reaction?


