शुभ बचत तथा ऋण सहकारीको वार्षिक समीक्षा सम्पन्न, आधिकारिक वेबसाइट सार्वजनिक

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गर्दै आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। संस्थाले सुशासन, पारदर्शिता र डिजिटल सेवामार्फत सदस्यमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२०८३-०४-१८
 0  31
शुभ बचत तथा ऋण सहकारीको वार्षिक समीक्षा सम्पन्न, आधिकारिक वेबसाइट सार्वजनिक

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेत, गुर्भाकोट–८, मेहेलकुनाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गर्दै संस्थाको आधिकारिक वेबसाइट shubhasaccos.coop.np औपचारिक रूपमा सार्वजनिक गरेको छ। मेहेलकुनास्थित होटल डल्फिनमा आयोजित कार्यक्रममा संस्थाको आगामी यात्रालाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।


 

संस्थाका अध्यक्ष श्री किशोर शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा लेखा सुपरिवेक्षण समिति संयोजक श्री देवेन्द्र शाह प्रमुख अतिथिका रूपमा तथा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक श्री गोविन्द प्रसाद पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। गोष्ठीमा कोषाध्यक्ष श्री कृष्ण प्रकाश आर.सी. ले आर्थिक वर्षको वित्तीय अवस्था तथा उपलब्धिहरू समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी सचिव श्री मेघराज शर्मा ले संस्थाले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो। छलफलका क्रममा श्री गोविन्द प्रसाद पौडेल र श्री ललित कुमार आर.सी. ले संस्थाको दिगो विकास, सेवा विस्तार र व्यवस्थापन सुधारका लागि उपयोगी सुझावहरू प्रस्तुत गर्नुभएको थियो। लेखा सुपरिवेक्षण समिति संयोजकले पनि सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायी व्यवस्थापनलाई थप सुदृढ बनाउन आवश्यक सुझावहरू राख्नुभएको थियो।

कार्यक्रममा करिब ४८ जना पदाधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। समीक्षा गोष्ठीको विशेष आकर्षणका रूपमा संस्थाको आधिकारिक वेबसाइट shubhasaccos.coop.np अध्यक्ष श्री किशोर शर्मा द्वारा उद्घाटन गरिएको थियो। वेबसाइट सञ्चालनसँगै संस्थाका सेवा, सूचना, कार्यक्रम तथा गतिविधिहरू सदस्य तथा सरोकारवालासम्म डिजिटल माध्यमबाट छिटो, सहज र विश्वसनीय रूपमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै यसले संस्थाको पारदर्शिता अभिवृद्धि गर्नुका साथै सदस्यसँगको सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री किशोर शर्मा ले संस्थाको निरन्तर प्रगति, सुशासनको प्रवर्द्धन तथा सदस्यमैत्री सेवाको विस्तारका लागि सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी र सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow