नयाँ नेतृत्वपछि पनि उपभोक्ता केन्द्रीय संघ निश्कृय 

२०८०-०६-२२
 0  50
नयाँ नेतृत्वपछि पनि उपभोक्ता केन्द्रीय संघ निश्कृय 
काठमाडौं । सहकारी विभागले खारेजीको चेतावनी दिएपछि साधारणसभा गरेको नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ पुनः निश्कृय देखिएको छ । साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको एक वर्ष वितीसक्दा पनि संघले आफ्नो उपस्थिती देखाउन सकेको छैन । 

२०७९ असारमा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघमा टेकप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । चौलागाईंको अध्यक्षतामा नवनिर्वाचित समितिमा पदेन निवर्तमान अध्यक्ष दीपकराज पौडेल, उपाध्यक्ष शिवगोपाल थापा, सचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दीपक घिमिरे, चन्द्र ठकुरी र रेखा अर्याल निर्वाचित हुनुभएको थियो । 
साधारणसभा गरेको एकवर्ष भन्दा बढी समय बितिसक्दा पनि संघले कुनै गतिविधि गरेको छैन । संघले आफ्नो कार्यालय समेत ब्यवस्थापन गर्न नसकेको बताइएको छ । 

उपभोक्ता केन्द्रीय संघलाई व्यवसायीक संघ भन्दा पनि महासंघको राजनीति गर्ने भर्याङका रुपमा दुरुपयोग गरिएको र संघले कुनै उपस्थिती देखाउन नसकेको संघका एक संचालकले टिप्पणी गर्नुभयो । महासंघको संचालक भएको व्यक्तिलाई अध्यक्ष बनाउँदा संघ सक्रिय हुने आशा भएपनि त्यो पुरा नभएको उहाँको भनाई थियो । 

यसअघि अध्यक्ष दिपक पौडेलले पनि संघलाई लामो समयसम्म साधारणसभा समेत नगरी निश्कृय बनाउनुभएको थियो । त्यसपछि सहकारी विभागले खारेज गर्ने चेतावनी दिएपछि गतवर्ष साधारणसभा भएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow