सहकारी बैंक र नेफ्स्कूनमा तरलता थुप्रिदै, बचत र ऋण घट्यो
सहकारी पाना । सहकारी संस्थाहरुसँग होलसेलमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय निकाय राष्ट्रिय सहकारी बैंक र नेपाल बचत ...
सहकारी पाना । सहकारी संस्थाहरुसँग होलसेलमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय निकाय राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । दुवै निकायले ऋण लगानीलाई कडाइ गर्र्दै तरलता अनुपात बढाएका हुन् ।
सहकारी बैंकमा २०८० भदौ मसान्तमा ३९.०७ प्रतिशत तरलता रहेको छ । बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार भदौसम्ममा ५८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २६ करोड ऋण लगानी गरेको छ । यस अवधिमा बैंकमा २२ अर्ब ९२ करोड तरलता रहेको छ ।
बैंकमा असारमा ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप रहेकोमा साउनसम्ममा बढेर ६० अर्ब रुपैयाँ पुर्याएको थियो । भदौमा भने निक्षेपमा गिरावट देखिएको छ ।
यसैगरी असारमा ३२ अर्ब ८८ करोड रुपैयाँमा कर्जा प्रवाह गरेको बैंकले साउनमा घटाएर ३१ अर्ब ८१ करोड रुपैयाँमा झारेको थियो । भदौमा पनि लगानी ५५ करोड रुपैयाँले घटेको छ । गत आवमा १४ करोड घाटा ब्यहोरेको बैंकको खराब कर्जा करिब ९ प्रतिशत छ ।
यसैगरी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनमा पनि असारमा ३०.६३ प्रतिशत रहेकोमा साउनमा घटेर ३०.१६ प्रतिशतमा झरेको थियो । भदौमा पुनः बढेर ३३.१७ प्रतिशत पुगेको छ ।
संघले भदौ मसान्तसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ३८ करोड कर्जा लगानी गरेको छ ।
असारमा संघको कुल निक्षेप २३ अर्ब ३३ करोड रहेकोमा साउनमा घटेर २१ अर्ब ९५ करोड रुपैयाँमा झरेको थियो । भदौमा पनि ४० करोड रुपैयाँ घटेको छ ।
यसैगरी असार र साउनमा १५ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको संघले भदौमा एक अर्ब २७ करोड रुपैयाँ घटाएको छ ।
पल्स मनिटरिङ सिस्टमले १५ प्रतिशत भन्दा बढि तरलता राख्नुपर्छ भनेपनि संघहरुमा भने तोकिए भन्दा बढी तरलता राखेका छन् ।
What's Your Reaction?


