सांग्रिला बैंक र सेल्सबेरीबीच सम्झौता
सहकारी पाना । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी) बीच छुट प्रदान गर्ने उदेश्यले सम्झौतामा...

सहकारी पाना । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी) बीच छुट प्रदान गर्ने उदेश्यले सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार हस्ताक्षर कार्यक्रममा बैंकका कर्मचारी, बैंकका ग्राहक, तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने भनिएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने र ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट हुने जनाएको छ ।
What's Your Reaction?






