सहकारी क्षेत्रमा शुद्धीकरणको प्रयास: अब राष्ट्रिय सहकारी बैंक र सबै तहका संघहरू प्राधिकरणको घेरामा

सहकारी सुशासनको नयाँ खुड्किलो: संघहरूले २०८२ चैत्र १७ भित्र विवरण अद्यावधिक गर्नुपर्ने

२०८२-११-१२
 0  68
सहकारी क्षेत्रमा शुद्धीकरणको प्रयास: अब राष्ट्रिय सहकारी बैंक र सबै तहका संघहरू प्राधिकरणको घेरामा

सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता कायम गर्ने सरकारको नीति अनुरूप अब राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न तहका सहकारी संघहरूले अनिवार्य रूपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ।


प्राधिकरणको मिति २०८२/११/०९ गते बसेको बैठकको निर्णयानुसार, बचत तथा ऋणको मुख्य कारोबार गर्ने केन्द्रीय, प्रादेशिक र जिल्ला तहका संघहरूलाई आगामी २०८२ चैत्र १७ गतेभित्र आफ्नो दर्ता र अभिलेखीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

सहकारी ऐन, २०७४ को दफा २०क. (२) मा भएको व्यवस्थालाई कार्यान्वयन गर्दै ठूला वित्तीय कारोबार गर्ने सहकारी संरचनाहरूलाई थप जिम्मेवार र व्यवस्थित बनाउन यो कदम चालिएको हो। यसअघि दर्ता भई सञ्चालनमा रहेका संघहरूले अब प्राधिकरणको प्रत्यक्ष नियमन प्रणालीमा आउनु पर्नेछ।
सहकारी संघहरूले आफ्नो संस्थागत सुदृढीकरण र सदस्यहरूको बचत सुरक्षाका लागि यो कानुनी प्रक्रियालाई अवसरका रूपमा लिनुपर्ने देखिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow