अव सहकारी संस्थाले उत्पादनमा जोड दिन पर्दछ ।
सहकारी पाना । नेपाल एक कृषि प्रधान देश हो,भन्ने उक्तिमै सीमित रहने त्रास देखिन्छ । यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन...

सहकारी पाना । नेपाल एक कृषि प्रधान देश हो,भन्ने उक्तिमै सीमित रहने त्रास देखिन्छ । यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन । परम्परागत कृषिलाई विस्तारै आधुनिकीकारण हुने समयमा यहाँका अधिकांश कृषकका छोरा छोरीहरू १२ पास गर्न नपाउँदै शिक्षाका नाममा वैदेशिक रोजगार तर्फ उन्मुख देखिन्छन ।
यहाँ बसेर पनि गर्ने के, एउटा सामान्य रोजगारले परिवार पाल्न सकिने अवस्था छैन । त्यसैले यहाँ उत्पादन भएका जनशक्तिलाई उत्पादन क्षेत्रमा लगाउन सके दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट बाहिरिने युवा जनशक्तिलाई कम गर्न सकिन्थ्यो ।
तसर्थ, नेपालको सबै क्षेत्रमा सबैसँग जोडिएका नेटवर्क कुनै छ भने त्यो सहकारी क्षेत्र नै हो । सहकारी विभागको आँकडा हेर्ने हो भने ३४०० वढी सहकारी संस्था मार्फत लगभग ६३ लाख वढी जनता सहकारीमा संलग्न रहेको देखिन्छ । त्यसले सहकारी संस्था सँग लगभग सबै परिवार जोडिएकै छ । आम मानिसको बुझाइमा सहकारी भनेको बैंक जस्तै हो भन्ने बुझाई छ । हाम्रा सहकारी संस्थाहरूले गरेको कारोबार पनि त्यहीनै छ । सहकारी संस्थामा संलग्न सञ्चालक होस या सहकारी अभियानमा लागेका सहकारी कर्मीहरूको बुझाउने तौरतरिकाका कमीले पनि आम मानिसले बैंक सँग सहकारीलाई तुलना गरेको पाइन्छ ।
नेपालमा सहकारी संस्थाहरूले पहिलो चरण “गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी” नारा लगाई सहकारी स्थापना गर्न जोड दिए पनि उक्त उद्देश्य अनुसारको कार्यान्वयन भने गर्न सकिरहेका छैनन् । तर पनि सहकारी संस्थाहरूले सानो सानो बचत सङ्कलन गर्न भने त्यस समयको उपलब्धि मान्नु पर्दछ ।
गाउँमा भएका सहकारी संस्थाहरूले आम जनतालाई सहकारीमा बचत गर्नुपर्दछ भन्ने मानसिकता बनाउन ठुलो सहयोग गरेको छ । तर शहर वजारमा पारिवारिक सहकारी खोली कमाइ खाने भाडो बनाइयो । उनीहरूलाई न सहकारी सम्बन्धी ज्ञान भयो न सदस्यको सेवामा ध्यान गयो । नजिकको बैक संग तुलना गर्दै स्थापना भएको सहकारीले उच्चतम् ब्याज दिने भन्दै सदस्य बनाउदैछ, जम्मा जम्मा गरेको रकम फिर्ता गर्न धेरै गाह्रो भयो र उक्त जम्मा गरेको रकम घर जग्गामा लगानी गरियो । आर्थिक मन्दीले घर जग्गाको कारोबार लगभग ठप्प हुँदा बचत फिर्ता गर्न नसकेर भाग्नु सिवाय उपाय भएन । सहकारी संस्थाको अवस्था यो हो, तर पनि समुदायमा आधारित संस्थामा यस्तो समस्या छैन । समुदायका सदस्यहरूको बचत समुदायकै सदस्यहरूमा ऋण लगानी भएकोले सदस्यहरू भने यो समस्यामा परेका छैनन् ।
सहकारी संस्था भनेको बचत गर्ने ऋण लिने ठाउँ मात्र हो, भन्ने मानसिकतालाई अव परिवर्तन गर्ने समय आएको छ । अव सहकारी संस्थाका सदस्यहरूले उत्पादन गर्ने । सहकारी संस्थाले उत्पादित वस्तु खरिद गर्ने र सहकारी छाता सङ्गठनहरूले यसको बजारीकरण गर्ने काममा लाग्नु पर्दछ । नेपालमा उत्पादित वस्तुलाई अन्तराष्ट्रिय वजार सम्म पुर्याउने काम सहकारी अभियन्ताहरूले गर्नु पर्दछ ।
एक सहकारी एक उत्पादन वा एक पालिकाका सहकारी एक उत्पादनमा जोड दिनु पर्दछ । यसरी उत्पादनमा लाग्न सरकार मार्फत सहकारी संस्थालाई निर्देशन हुनु पर्दछ । उत्पादित वस्तुको बजारीकरणका लागि सरकार लागिपर्नु पदर्छ । सरकारले बचत तथा ऋणको मात्र कारोबार गर्ने संस्थालाई पनि उत्पादनमा ७० प्रतिशत लगानी गर्न निर्देशन दिनु पर्दछ । ७० प्रतिशत लगानीबाट उत्पादित बस्तुहरू संस्था मार्फत बुझाउने प्रकृया हुन आवश्यक छ ।
अबको सहकारी उत्पादन तिर लाग्न सकेन भने । सहकारी संस्थालाई आम मानिसले भनेझै बैंक घोषणा गरिदिए हुन्छ । सहकारी संस्थाले यसरी उत्पादनमा जोड दिन सके १२ पास गरि विदेश जाने युवा जनशक्तिले स्वदेशमै केहि गर्न सक्दथे । अरवको बालुवामा साग फलाउने हामी नेपालकै मलिलो माटोमा फलाएको साग नेपाली एन.आर.एन. ले वा नेपाली साग भनेर किनेर खाने वातावरण यो सिंगो सहकारी अभियानले गर्न सकोस ।
What's Your Reaction?






