कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले पुरस्कारका लागि आवेदन पेश गर्न सूचना जारी 

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा कार्यालय ले सहकारी दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि आवेदन पेश गर्न सूचना जारी 

२०८०-११-१०
 0  137
कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले पुरस्कारका लागि आवेदन पेश गर्न सूचना  जारी 

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा  प्रशिक्षण कार्यालय ले सहकारी दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि आवेदन पेश गर्न सूचना जारी गर्दै आवेदन पेश गर्न भनिएको सूचनामा भनिएको  :- यस कार्यालयको .. २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा प्रदेश सरकारबाट जारी सहकारी क्षेत्रमा प्रदान गरिने पुरस्कार सम्बन्धी मापदण्ड, २०७९ बमोजिम यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संघ/संस्था, सहकारीकर्मी/व्यवस्थापक तथा कर्मचारीहरुलाई मिति २०८० चैत्र २० गते सहकारी दिवस (April 2, 2024) को अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि यस कार्यालयमा म्याद भित्रै (२०८० साल माघ मसान्त भित्र) बार्षिक विवरण बुझाउने उक्त कार्यक्रममा सहभागी हुन ईच्छुकले उक्त पुरस्कार सम्बन्धी मापदण्डको अनुसूचि- बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र (मिति २०८०।१२।१० गते १२:०० बजे भित्र) आवेदन दर्ता गर्नु हुन आव्हान गरिन्छ साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ निवेदनका साथ संलग्न हुनु पर्ने फाराम, न्यूनतम मापदण्ड तथा कागजातहरु "सहकारी क्षेत्रमा प्रदान गरिने पुरस्कार सम्बन्धी मापदण्ड, २०७९" बाटै अवगत गर्नु हुन समेत सूचित गरिन्छ सो मापदण्ड यस कार्यालयको वेवसाईट pcrcto.p1.gov.np बाट समेत प्राप्त गर्न सकिनेछ थप जानकारीका लागि यस कार्यालयको प्रशासन तथा योजना शाखामा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता