राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल निर्वाचित 

सहाकारी पाना । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। पुस २७ र २८ गते सम्पन्न ३१ औं...

२०८०-०९-२९
 0  89
  राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल निर्वाचित 

सहाकारी पाना । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले मल्लको अध्यक्षतामा संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित हुने मल्ल पहिलो महिला हुनुहुन्छ भने मल्ल राष्ट्रिय सहकारी महासंघको तीन दशकको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो ।

मल्ल यसअघि वरिष्ठ उपाध्यक्ष रहि पाँच बर्ष सम्म अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड सदस्य समेत रहनुभएको थियो । यस्तै संविधानसभा सदस्य समेत रहेकी उनले सहकारी अभियानमा २५ वर्षभन्दा बढी समय विताइसकेकी छिन् ।

 अध्यक्षको कार्यभार सम्हाल्दै मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासंघको २५ सदस्य संचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । उनी यस अघि उपाध्यक्ष थिए। अन्य तीन उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् भने सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता