सहकारी विभागले कोपोमिस प्रणाली अनिवार्य गर्ने
सहकारी विभागका अनुसार कोपोमिस प्रणालीमा आबद्ध भई विवरण प्रविष्ट गर्ने अन्तिम समय २०८२ असार
सहकारी विभाग ले सहकारी संस्थाहरूमा कोपोमिस (COPOMIS) प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको सूचना अनुसार सहकारी ऐन, २०७४ बमोजिम सबै सहकारी संस्थाले कोपोमिस प्रणालीमा आबद्ध भई विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको हो।
विभागले सहकारी संस्थाहरूलाई आफ्नो संस्थाको विवरण, शेयर सदस्य, ऋण तथा बचत सम्बन्धी तथ्यांक नियमित रूपमा प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ। सूचना अनुसार विवरण प्रविष्ट नगर्ने संस्थालाई प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
सहकारी विभागका अनुसार कोपोमिस प्रणालीमा आबद्ध भई विवरण प्रविष्ट गर्ने अन्तिम समय २०८२ असार मसान्तसम्म तोकिएको छ। साथै, प्रणाली सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आएमा विभागको हेल्पडेस्क वा सम्बन्धित सम्पर्क व्यक्तिसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।
विभागले देशभरका सहकारी संस्थालाई पारदर्शिता, तथ्यांक व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउन कोपोमिस प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन आग्रह गरेको जनाएको छ ।
What's Your Reaction?

