यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...
बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि निष्क्रिय पर्यटन क्षेत...
सहकारी विभागका अनुसार कोपोमिस प्रणालीमा आबद्ध भई विवरण प्रविष्ट गर्ने अन्तिम समय...
सहकारी व्यवस्थापन सूचना प्रणालीमा मासिक रिपोर्टिङ गर्दा अब ऋण सुरक्षण खर्चलाई एउ...