१५ दिनभित्र विवरण पेश गर्न सहकारीलाई निर्देशन

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि निष्क्रिय पर्यटन क्षेत्रका चार सहकारी संस्थालाई १५ दिनभित्र आवश्यक विवरणसहित सम्पर्क गर्न निर्देशन दिएको छ। तोकिएको अवधिमा सम्पर्क नगरे कानुनबमोजिम निष्क्रिय घोषणा गरी खारेजी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

२०८३-०५-१६
 0  3
१५ दिनभित्र विवरण पेश गर्न सहकारीलाई निर्देशन

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका पर्यटन क्षेत्रका सहकारी संस्थाहरूलाई आवश्यक विवरणसहित सम्पर्क गर्न निर्देशन दिएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सम्बन्धित सहकारी संस्थाहरूले वार्षिक साधारणसभाको विवरण नबुझाएको तथा COPOMIS प्रणालीमा समेत लामो समयदेखि अद्यावधिक नगरी निष्क्रिय रहेको पाइएको छ। त्यसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा बागमती प्रदेश सहकारी ऐन २०७६ र बागमती प्रदेश सहकारी नियमावली २०७६ को व्यवस्थाबमोजिम त्यस्ता सहकारीलाई निष्क्रिय सहकारी संस्थाका रूपमा घोषणा गरी खारेजी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

सूचनामा काठमाडौं, ललितपुर र दोलखा क्षेत्रमा रहेका चारवटा पर्यटन सहकारी संस्था लामो समयदेखि निष्क्रिय रहेको उल्लेख गरिएको छ। तीमध्ये केहीले हालसम्म विवरण पेश नगरेको तथा COPOMIS मा समेत लगइन नगरेको कार्यालयको विवरणमा उल्लेख छ।

कार्यालयले सम्बन्धित सहकारीहरूलाई समयमै आवश्यक कागजात तथा विवरण पेश गरी कानुनी कारबाहीबाट बच्न आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow