सहकारी क्षेत्रमा राजनीतिक प्रभाव बढ्दै गएको भन्दै विभागको विज्ञप्ति

सहकारी विभागले सहकारी संस्थाको निर्वाचनमा बढ्दो राजनीतिक प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। दलगत प्रतिस्पर्धाले सहकारीको मूल सिद्धान्त, सुशासन र सदस्यबीचको एकतालाई कमजोर बनाउने विभागको भनाइ छ।

२०८३-०२-०७
 0  55
सहकारी क्षेत्रमा राजनीतिक प्रभाव बढ्दै गएको भन्दै विभागको विज्ञप्ति

सहकारी विभाग ले राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न सहकारी संघ–संस्थाको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले हालै एक विज्ञप्ति जारी गर्दै दलगत आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने प्रवृत्तिले सहकारीको मूल मर्म र सिद्धान्त विपरीत असर गरिरहेको उल्लेख गरेको हो।

विभागका अनुसार यस्ता गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना तथा कानुनी व्यवस्थामाथि प्रतिकूल प्रभाव पार्नुका साथै सहकारी सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने खतरा रहेको छ। साथै, सहकारी क्षेत्रमा सुशासन कायम गर्न समेत चुनौती सिर्जना भएको विभागको भनाइ छ।

विज्ञप्तिमा सहकारी संस्थाहरूलाई राजनीतिक प्रभावमुक्त, पारदर्शी र सदस्य–केन्द्रित बनाउँदै सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन गर्न आग्रह गरिएको छ। विभागले सम्बन्धित सबै पक्षलाई सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहयोग गर्न अनुरोध समेत गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow