नेफ्स्कूनको ३३औं साधारण सभा सुरु, ३ साकोसले पाए प्रोवेसन ब्राण्ड

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून ३३औं वार्षिक साधारण सभा बुटवलमा शुरु भएकाे छ। पौष ५ र ६ गते हुने साधारण सभामा पाैष ५ गते नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा तथा साधारण सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रिय संघको साधारण सभामा भाग लिन विभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरू साधारण सभामा उपस्थिती रहेको छ । सभामा लुम्बिनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरू, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा, रुपन्देहीस्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरू, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरू, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरू, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरू, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरू लगायतको आतिथ्यता रहेको थियो । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभामा नेपालका ३ वटा बचत तथा ऋण सहकारी संस्थाले प्राेवेसन व्राण्ड प्राप्त गरेका छन । ब्राण्ड प्राप्त गर्ने साकोसहरुमा सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण साकाेस र चितवनको लोककल्याणकारी साकोस छन । तिनै वटा संस्थाहरुले यस अघिनै वाण्ड प्राप्त गरिसकेका साकोसहरु हुन । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २र२ पटक ब्राण्ड पाइसकेका छन् ।प्रोवेसन व्राण्डलाई नेपाल सरकार सहकारी विभागले मान्यता प्रदान गरेको छ ।
What's Your Reaction?






