भूकम्प पीडितको उद्वार, आपतकालिन राहत तथा पुनः स्थापनामा जुट्न सहकारीकर्मीलाई नेफ्स्कूनको अपील
संघले सार्वजनिक अपीलमार्फत भूकम्पबाट भएकामे ठूलो मानविय र भौतिक क्षति पुगेको खबरबाट सिङ्गो मुलुकसँगै समग्र सहकारी अभियान अन्यन्त मर्माहित भएको उल्लेख गर्दै 'एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारिताको मर्म अनुरुप दुःखको यस अवस्थामा प्रभावित जिल्लासँगै देशैभरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न हार्दिक समेत आग्रह गरेको छ ।

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले भूकम्प पीडितको उद्वार, आपतकालिन राहत तथा पुनः स्थापनामा जुट्न सहकारीकर्मीलाई अपील गरेको छ ।
संघले सार्वजनिक अपीलमार्फत भूकम्पबाट ठूलो मानविय र भौतिक क्षति पुगेको खबरबाट सिङ्गो मुलुकसँगै समग्र सहकारी अभियान अन्यन्त मर्माहित भएको उल्लेख गर्दै 'एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारिताको मर्म अनुरुप दुःखको यस अवस्थामा प्रभावित जिल्लासँगै देशै भरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न हार्दिक समेत आग्रह गरेको छ । ‘दुःखको यस समयमा सिङ्गो सहकारी अभियान सबै तहका सरकारसँगै राहत र उद्दार तथा पुर्नस्थापनामा खटिएकाहरुको प्रयासमा यथाशक्य सहयोगका लागि जुट्नुपर्ने आवश्यकता छ’ अध्यक्ष परितोष पौड्यालद्धारा जारी अपीलमा भनिएको छ, ‘भूकम्प प्रभावित क्षेत्रमा मानवीय, स्वास्थ्य सामाग्री, औषधि उपचार, खाद्य सामाग्री लगायत अत्यावश्य सहायताको उपलब्धताका लागि स्थानीय सरकार र सहकारी सञ्जालमार्फत खटिन विशेष अनुरोध गर्दछौं ।’ सहकारीकर्मीहरुलाई गहिरो विपतदको यो समयमा आ–आफ्नो क्षेत्रबाट हरसम्भव सहयोग गर्न समेत बिशेष अपिल गरिएको छ ।
नेफ्स्कूनले घटनामा परी ज्यान गुमाउनेहरुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पबाट उक्त जिल्ला तथा छिमेकी रुकुमपश्चिममा ठूलो मानविय र भौतिक क्षति पुगेको छ ।
What's Your Reaction?






