तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई मागदाबीको सूचना

सहकारी पाना । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी...

२०८०-०८-०७
 0  142
तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई मागदाबीको सूचना

सहकारी पाना । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना आह्वान गरेको छ ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले मंसिर ६ गते सूचना प्रकाशित गर्दै उक्त सहकारीबाट लिनुपर्ने भुक्तानी लिनका लागि आह्वान गरेको हो ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयानुसार तुलसी बहुमुखी सहकारी संस्था लि.को केन्द्रिय कार्यालय विराटनगरलाई समस्याग्रस्त भनि गत भदौ २५ गते घोषणा गरेको थियो । सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष आएको जनाईएको छ । 

भुक्तानी लिनका लागि उक्त सहकारीका सदस्य वचतकर्ता र साहुहरुले आफूले पाउनु पर्ने रकमको सप्रमाण सहित सहकारी व्यवस्थापन समितिको वेबसाइटमा गई आजको ३५ दिनसम्ममा विवरण पठाउन अनुरोध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता