कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको तथ्याङ्क उपलब्ध गराउने सुचना
काेशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाइ सुचना जारी गरेको छ जारी सुचना अनुसार ...

काेशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाइ सुचना जारी गरेको छ जारी सुचना अनुसार ः यस प्रदेशको नियमन क्षेत्राधिकारभित्रका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी विभागबाट जारी बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुको सुपरीवेक्षण, निरिक्षण तथा अनुगमन निर्देशिका २०७७ को दफा १४ बमोजिम संस्थाहरुको जोखिमावस्था अनुसार वर्गिकरण गरी संचालकहरुलाई स्वनियमन गर्न र नियामक निकायलाई नियमनमा सरलीकरण गर्ने हेतुले आ.व.२०७९/०८० को लेखापरिक्षण प्रतिवेदनमा आधारित भै यसै पत्रसाथ संलग्न फारम भरी माघ १० गतेभित्र यस कार्यालयको इमेल Sahakariregistrar.p1@gmailcom वा सक्कलै पठाई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ । भनिएको छ ।
What's Your Reaction?






